वैशाख ७ देखि १४ गतेसम्म कोरोना खोपको दोस्रो मात्रा दिइने

7
SHARES
15
VIEWS

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ १४ देखि फागुन १० गतेसम्म कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा लिएका व्यक्तिलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको छ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)को बैठकले  पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा तीन महिना पछि दिने निर्णय गरेको हो।

बैठकले दोस्रो प्राथमिकतामा परेका ५५ वर्ष देखि ६४ वर्षसम्मका व्यक्तिहरुलाई पहिलो मात्रा दिनका लागि पछि सूचना जारी गर्ने जनाएको छ।पहिलो प्राथमिकतामा ४ लाख ४९ हजार ८८० जना व्यक्तिले खोप लगाएका थिए।

हालसम्म खोप लगाउनेको जम्मा संख्या १६ लाख ५ हजार ७०६ जनाले खोप लगाइसकेका छन्। दोस्रो मात्रा लगाइसकेका व्यक्तिलाई खोप कार्ड समेत उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित