रास्कोटका मेयर द्धारा खुलालु पुलको अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट । लामो समय देखि निर्माणधिन लालु खुलालु पक्कि पुलको रास्कोट नगरपालिका प्रमुख सहितका नेताहरुले अनुगमन गरेका छन ।

मापदण्ड विपरित काम भएको भनेर आलोचना भइरहेको अवस्थामा निकै चासोको रुपमा लिएको उक्त पुलको काम दुर्त गतिमा भइरहेको छ ।

पुल निर्माण कार्य के कस्तो भइरहेको छ भन्ने बारेमा रास्कोट नगरपालिकाका प्रमुख(मेयर) काशिचन्द्र बराल, नेकपा(माओवादी)केन्द्रका नेता विष्ण बराल, पदम खड्का सुवास,सकारी अगुवा कालि बहादुर महतारा सहितको टोलिले अनुगमन गरेको हो ।

उक्त पुलको अनुगमन गर्दै नगरप्रमुख बरालले पुलमा आउने बाटो मर्मत सम्भारका लागि सोच्नु पर्ने बताउनु भएको छ । कर्नालि करिडोरको मुख्य प्रवेश द्धार मानिएको उक्त पुलको काम सम्पन्न भएपछि कालीकोटको ५ वटास्थानिय तह,बाजुरा,मुगु र हुम्ला सम्मको यातायात सुविधा सहज हुने बताइएको छ ।

कर्नालि करिडोरको काम अहिले नेपालि सेनाले हुम्ला सम्म काम दुर्त गतिमा गरिरहेको बताइएको छ ।

यस अघि  उक्त पुलको अनुगमन कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाही,कानुन मन्त्रि नरेश भण्डारी,राष्टिय योजना आयोगका सदस्य मिन बहादुर शाहीले अनुगमन गरेर अषाढ सम्म काम सम्पन्न गर्न निर्देेशन दिइसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित