व्यवसाय प्रवद्धनका लागि हिमचुलि द्धारा युवालाई अनुदान

7
SHARES
15
VIEWS

कालीकोट । सेभ द चिल्डेन तथा भिडिसेफ कालीकोटको सहयोगमा हिमचुलि कृषि सहकारी संस्था लि.ले युवाहरुलाई नगद प्रदान गरेको छ ।

युवा शसक्तिकरण बुलगारी परियोजना मार्फत १८ देखि २२ वर्षका युवाहरुलाई प्रति व्यक्ति १५ हजारका दरले ६ जनालाई नगद रकम रु ९० हजार प्रदान गरिएको छ ।

हिमचुलि कृषि सहकारी संस्था लि.का मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले नरहरिनाथ गाउँ पालिकाका ८का उदे दर्जि लगाएत ६ जनालाई नगद हस्तान्तरण गर्नु भएको छ । उक्त नगद सहयोग हस्तान्तरण कार्यक्रममा भिडिसेफ नेपाल कालीकोटका कार्यक्रम व्यवस्थापक राजेन्द्र सहकारी, बुलगारी परियोजनाका विकास सुपरिवेक्षक शंकर उपाध्याय लगाएतको उपस्थिति रहेको  संस्थाका कर्जा प्रमुख सिंह बहादुर शाहीले बताउनु भएको छ ।

 हिमचुलि कृषि सहकारी संस्था लि.ले जिल्लामा विपन्न वालवालिका तथा विद्यार्थिहरुमा विभिन्न कार्यक्रम गर्दे आएको बताइएको छ ।

नगद राहत पाएकोमा खुशि हुंदै युवा व्यवसायि रत्न विकले भिडसेफ र हिमचुलि कृषि सहकारी संस्था लि.लाई धन्यवाद दिएका छन ।रत्न विक ४ वर्ष अघि देखि युवा शसक्तिकरण परियोजनाको सहयोगमा मोवाइल मर्मतको काम गर्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित