वन विनासले निगाला पाउन छाड्यो

7
SHARES
15
VIEWS

कालीकोट । निगालाको उत्पादनबाट डोका नाम्ला,सुप्पा बुनेर काम चलाउने कृषकहरुलाई पछिल्लो समय वन विनास हुंदा निकै कठिन हुन थालेको छ ।

पहिले वनमा जहाँ तहिँ पाउने निगाला पाउन छोडेको छ । घण्टौं लगाएर निगाला ल्याउन जानु परेको कृषकहरुले बताएका छन । निगालाका उत्पादनबाट गाउँमा मकै,धान, आलु लगाएतका वस्तु पाउने समयमा निकै वजार लिएको निगालाका उत्पादन पछिल्लो समयमा ज्याला बढि पाउने गरेको भएपनि निगाला पाउन छोडेको बताइएको छ ।

कृषक सर्जन ऐडीका अनुसार पचालझरना २ भौने देखि चार घण्टाको दुरीमा गएर मात्र निगाला पाउन गरेको बताएका छन । उनले भने घरमा कामको समय आयो मल पोर्साे बोक्नका लागि डोका आवश्यक हुन्छन त्यसका लागि वनमा ल्याउन जांदा समय लाग्ने गरेको बताए ।

वनमा आगलागि हुने भएकाले निगालामा समस्या आएको उनको भनाइ रहेको छ ।

पहिले भौनेको घर नजिक पाउने गरेको थिए अहिले भने टाढा जानु परेको उनको भनाई छ । कालीकोटका विभिन्न स्थानमा घर घरमा निगालाको खेति गर्न थालिएको छ ।

वनमा निगाला पाउन छोडे पछि घरमा दुई चार बोट ल्याएर खेति शुरु गरेको पचालझरनाका कृषक धर्म कठायतले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित