कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

7
SHARES
15
VIEWS

काठमाडौं । पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्र राज जोशीको निधन भएको छ ।

काठमाडौँको नर्भिक अस्पतालमा उपचाररत नेता जोशीको शुक्रबार राति निधन भएको हो । मष्तिषघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति मृत्यु भएको नर्भिक अस्पतालले पुष्टि गरेको छ ।

स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो ।

२०२० साल पुस २४ गते जन्मिएका स्वर्गीय जोशीका श्रीमती र एक छोरी छन् । गत संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट जोशी वामगठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठसँग पराजित भएका थिए ।

पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा भने जोशी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । २०३६ सालको विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा उदाएका जोशी २२ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको महामन्त्री बनेका थिए ।

२०४९ सालको स्थानीय निर्वाचनमा कांग्रेसकातर्फबाट काठमाडौं महानगरपालिकाको उप मेयरमा निर्वाचित भएका जोशी प्रचण्ड नेतृत्वको माओवादी–कांग्रेस गठबन्धन सरकारमा उद्योग मन्त्री बनेका थिए ।

स्वर्गीय जोशी गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित