नयाँ सरकारको कसरतमा दाहाल

7
SHARES
15
VIEWS

प्रतिनिधिसभा पुनःस्थापना भएदेखि नै ओली नेतृत्वको सरकार हटाउने खेल सुरु भए पनि अहिलेसम्म अविश्वासको प्रस्ताव दर्ता हुन सकेको छैन। अविश्वासको प्रस्तावसँगै नयाँ प्रधानमन्त्री पनि प्रस्ताव गर्नुपर्छ। नयाँ प्रधानमन्त्रीमा कसको नाम प्रस्ताव गर्ने भन्ने विषयमा सहमति हुन सकेको छैन।

ओलीलाई जसपाले समर्थन गरे यही सरकारले निरन्तरता पाउनेछ। जसपालाई आफ्नो पक्षमा ल्याउन ओलीले गृहमन्त्री रामबहादुर थापा नेतृत्वमा वार्ता टोली गठन गरेका छन्। गृहमन्त्री थापाले जसपाका सांसद रेशम चौधरीलाई जेलबाट छुटाउनेलगायत सर्तमा वार्ता आरम्भ गरिसकेका छन्। जसपा अध्यक्ष महन्थ ठाकुरले मंगलबार सरकारसँग आफ्नो पार्टीले राखेका मागबारे वार्ता आरम्भ भएको बताएका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसँग भेटी प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव लैजाने विषयमा छलफल गरेका हुन्। देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका दाहालले नयाँ सत्ता समीकरणका लागि सहयोग गर्न र प्रधानमन्त्रीसमेत बन्न आग्रह गरे। त्यसलगत्तै दाहालले उपराष्ट्रपति निवास पुगेर बाबुराम भट्टराईलाई भेटेका थिए। सत्ता गठबन्धनबारे जसपामा दुई धार देखिएको छ।

उपेन्द्र यादव र भट्टराई ओलीलाई समर्थन गर्न नहुने पक्षमा छन्। ठाकुर–राजेन्द्र महतो ओलीनिकट देखिएका छन्। जसपाका दुई समूहबीच विवाद रहेका बेला दाहालले भट्टराईसँग भेट गरेका हुन्। दाहालले आइतबार सरकारलाई दिएको समर्थन चाँडै नै फिर्ता लिने बताएका थिए। त्यसपछि उनले एमाले वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेका थिए। अहिलेको अवस्थामा जसपाले कांग्रेस र माओवादीलाई समर्थन गरे मात्रै नयाँ सत्ता समीकरण बन्ने अवस्था छ।

‘जसपाले जसलाई समर्थन गर्छ, उसैले नयाँ सरकार बनाउने हो तर अहिलेको अवस्थामा जसपा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिएर सरकारमा समेत सहभागी हुने पक्षमा नजिक छ। त्यसकारण यही सरकारले निरन्तरता पाउनेछ,’ बालुवाटारनिकट स्रोतले भन्यो।

प्रतिनिधिसभा बैठक बैठक बस्दैछ। त्यसअघि नै माओवादीको पहलमा नयाँ सरकार गठन प्रक्रियाका लागि पहल भए पनि जसपामा अहिलेसम्म कसलाई समर्थन गर्ने भन्ने अन्योल कायमै छ। माओवादी केन्द्रले प्रधानमन्त्री ओलीविरुद्ध बुधबार प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेको छ तर प्रधानमन्त्रीको उम्मेदवार अझैसम्म फेला पारेको छैन। दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्ने विषयमा कांग्रेसले कुनै पनि जवाफ दिएको छैन भने कांग्रेसले पनि आफ्नो तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार तोकेको छैन। टपेन्द्र कार्कीले नागरिक दैनिकमा  खबर लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित