कालीकोट ।पचालझरनाका ग्रामिण क्षेत्रमा पछिल्लो समयमा व्यवसायिक कृषि खेति गर्न आकर्षण बढेको छ । पहिले आफैलाई खानका लागि तरकारी खेति नगरेका कृषकहरुले तरकारी उत्पादनमा सक्रियता बढेको छ ।
पचालझरना १ निवासि तुलसरा ऐडी विगत ३ वर्ष देखि घरमै तरकारी खेति गर्न थालेकी छन । उनले उत्पादन गरेको तरकारी गाउँमा विक्रि हुने गरेको छ ।शुरुवातमा आशा कार्याक्रम मार्फत पोलि हाउस र थोपा सिंचाइ सहयोगबाट शुरु गरेको तरकारी खेति व्यवसायिक रुपमा अघि बढेको उनले बताइन । आफुले अन्य निकायबाट सहयोग नपाएको बताउदै पानि बोकेर भएपनि तरकारी खेति गर्दै आएको बताउदै घर खर्च र अन्य पारिवारिक समस्या समाधान तरकारी खेतिबाट गर्ने गरेकाले आफुलाई सहज भएको बताइन ।
पहिले बोइलर कुखुरा मात्र पालन गरेको भएपनि घर नजिकका बारीमा तरकारीको लागि पनि संग संगै व्यवसाय थालेकाले वार्षिक ५० देखि ६० हजार आम्दानि लिने गरेका छौं । खानका लागि तरकारी खेति गर्ने गरेकाले अहिले आफु लगाएत ६ जना भन्दा बढिले तरकारी खेति गर्दै आएको तर गाउँ पालिका लगाएतका निकायबाट कुनै सहयोग नपाएको कृषकहरुले गुनासो गरेका छन । कृषि खेति गर्ने कृषकहरुलाई अनुदान दिएर फलानो समुहले सामाग्रि ल्याएको भन्ने सुनेको तर स्थानिय स्तरमा कसैले नपाएको प्रति कृषकहरुले गुनासो गरेका छन ।
आफुहरुलाई कृषिमा सहयोग गर्न पचालझरना १ सिकु निवासि राजिमा बोगटीले गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल संग अनुरोध गरेकी छन । उनले आफुहरु जस्ता कृषि खेति गर्न कृषकहरुलाई कृषि सामाग्रि लगाएतका क्षेत्रमा सहयोग गर्न पचालझरना १का कृषकहरुले निवेदन दिएको बताइन । पानि र पाइपका लागि सहयोग पाउँ भनि निवेदन समेत गरेको उनले बताइन ।
अहिले उतपादन भएको तरकारी गाउँ पालिका केन्द्र पणेक्षा, जारकोट लगाएतका बजारमा डोका हालेर विक्रि गर्ने गरेको कृषक काशिपुरा ऐडीले बताइन । कृषि खेतिका लागि गाउँ पालिकाको कृषि शाखाले निश्चित बजेट व्यवस्थापन गरेको छ उक्त वजेटलाई कृषि खेति गर्ने सबै किसानहरुलाई समान ढंगले व्यवस्थापन गरिने वडा न. १का वडाध्यक्ष रत्नलाल न्यौपानेले बताउनु भएको छ । यस सम्बन्धमा एक पटक अनुदानका लागि मात्र कृषि खेति नगर्न अनुरोध गर्दै निरन्तर व्यवसाय बन्न पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले कृषकलाई आग्रह गर्नु भएको छ ।
कृषकहरुले लगातार तरकारी तथा फलफुल खेति गर्नु पर्ने र कृषकहरुलाई व्यवसायमा अग्रसर गराउनका लागि चालु आर्थिक वर्षमा ३० लाख बढि वजेट व्यवस्थापन गरिएको र सबैलाई समान ढंगले लागु गर्ने बताउनु भएको छ ।
Discussion about this post