कालीकोटका गाउँ गाउँमा माओवादी केन्द्रको अभियान (फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । नेकपाबाट विभाजन भएपछि माओवादी केन्द्रले कालीकोटका गाउँ गाउँमा अभियान तिव्र पारेको छ । सयुक्त पार्टी संगठन ताका भएका संगठनहरुमा हेरफेर तथा कार्यक्रताहरुलाई जिम्मेवारी दिदै प्रत्येक वडाका टोल सम्म अभियान तिव्र पारेको छ ।

पहिलो चरण चैत्र ९ र १० गते जिल्लाको बैठक पछि चैत्र तेस्रो साता सम्म गाउँ कमिटि बैठक पछि अहिले वडा तथा टोल स्तरिय अभियान तिव्र पारेको छ । तिलागुफा,खांडाचक्र नगरपालिका, महावै,नरहरिनाथ, पचालझरना गाउँ पालिकामा अभियानलाई तिव्रता दिएको छ । जिल्लाका सान्नित्रिवेणि, पलांता गाउँ पालिकामा गाउँ कमिटिको बैठक बस्न थालेको र अन्य पालिकामा बैठक सम्पन्न भएको नेकपा(माओवादी केन्द्र) कालीकोट अध्यक्ष धनजित शाहीले बताउनु भएको छ ।

अध्यक्ष शाहीका अनुसार पार्टी किमिटी विस्तार तथा संगठन सुदृढका लागि एक महिने अभियान शुरु गरेको छौं स्थानिय स्तरमा पार्टी संगठनको वस्तुगतका बारेमा बुझ विस्तार गरेर बैशाखमा अर्काे बैठक बस्ने बताउनु भएको छ । त्यसका साथै चैत्र २४मा हुने जनआन्दोलन दिवसलाई पालिका स्तरमा सम्पन्न गर्ने नेकपा(माओवादी केन्द्र) कालीकोटले जनाएको छ । पछिल्लो समयमा तिलागुफा नगरपालिकाका सबै वडाहरुमा अभियान तिव्र पारिएको नगर कमिटि अध्यक्ष दिनेश चदांराले बताउनु भएको छ । वहाँका अनुसार नगरका वडा न. १ देखि ६ र ९ देखि ११ सम्म संगठनलाई पूर्णता दिदै जिम्मेवारीमा हेरफेर गरिएको बताउनु भएको छ ।

त्यसै गरी महावैका वडाहरुमा पनि कमिटिलाई फेरबदल गर्दै जनभेटघाटलाई तिव्र पारिएको गाउँ कमिटि सचिव भिम बहादुर सिंहले बताउनु भएको छ । खांडाचक्र नगरपालिकाले पनि वडा स्तरमा कार्यक्रता भेटघाटलाई शुरुवात गरेको गाउँ कमिटि सचिव देउसिंग विक(ललित)ले बताउनु भएको छ । पचालझरना गाउँ पालिकामा पनि चैत्र २४ गते भित्र वडा स्तरमा भेटघाट तथा बैठक गर्ने र वस्तुगत अवस्थाका बारेमा चैत्र २४मा पालिका स्तरमा हुने जनसभामा रिर्पाेट ल्याउन नयाँ निर्देशन गरेको छ ।

पचालझरना गाउँ कमिटि अध्यक्ष पौरख विकका अनुसार पालिकाका सबै वडामा खालि कापि दिएका छौं उक्त कापि भरेर गाउँ कमिटि कार्यालयमा वस्तुगत अवस्थाको विश्लेषण गरिने र त्यस पछि पालिका स्तरमा अभियान संचालन गरिने बताउनु भएको छ ।

पार्टी विभाजन पछि माओवादी केन्द्रले गाउँ गाउँमा अभियान तिव्र पारे पनि नेकपा(एमाले) ओलि समुहले नरहरिनाथ गाउँ पालिका र माधव नेपाल पक्षको भने गाउँमा गतिविधि हुन सकेका छैनन । नेपालि कांग्रेसले पचालझरना गाउँ पालिका स्तरमा अगुवा कार्यक्रताको भेला तथा बैठक सम्पन्न गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित