एमालेभित्र तीस लाख कस्ले गर्यो ‘चोरी’

7
SHARES
15
VIEWS

काठमाडौं । एमालेका नेता खगराज अधिकारीले कास्कीमा माधव नेपाल–झलनाथ खनाल समूहको कार्यक्रममा पाँच सय पनि नेता कार्यकर्ताको उपस्थिति नरहेको दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान कुरा गर्दै नेपाल–खनाल समूहमा नलाग्न कास्की एमालेका नेताहरूलाई सचेत गराएका छन् । उनले नेपाल–खनाल समूहमा लागेमा कारबाही हुने बताए । ‘नेपाल–खनाल समूहमा लागेका मेयरसहितका जनतप्रतिनिधिलाई कारबाही हुन्छ’, नेता अधिकारीले बताए । नेपाल समूहलाई प्रचण्डको नर्सरी भएको उनले बताएका छन् ।

पार्टी हितविपरित, अपराधपूर्ण गतिविधिमा लागेका नेता नेपालको सांसद पद खोस्ने अधिकारीले चेतावनी दिएका छन् । देशी–विदेशी तत्वको उक्साहटमा नेपाल लागेको उनले बताए ।

नेपालले विगतमा केपी ओली, शंकर पोखरेल, मलगायत धेरै नेताहरूलाई कारबाही गरेको बताएका अधिकारीले नेपाल समूहलाई सुध्रिन सचेत गराएका छन् ।

नेता अधिकारीले भीम रावलले पार्टीको ३० लाख कहाँ लगेर दिएको हो ? भनेर प्रश्न गरेका छन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तिर संकेत गर्दै उनले भने, ‘भीम रावलजीले पार्टीको ३० लाख कहाँ लग्नुभयो ? त्यो पैसा कप्फर्टेबललाई बुझाउनुभयो । उहाँको कार्यकर्ताले मूल्यांकन गरेका छन् ।’

विगतमा वामदेव गौतमले पार्टी फुटाउन गरे गतिविधि जस्तो नेपाल–खनाल समूहले हर्कत गरेको एमालेका नेता अधिकारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित