सहकारी संचालन गर्न पहिलो कुरा त्याग हो — पुर्व संचालक बराल

7
SHARES
15
VIEWS

कालीकोट । राष्टिय सहकारी महासंघका पूर्व संचालक काशिचन्द्र बरालले सहकारी संस्था क्रियासिल गराउन त्याग जरुरी रहेको बताउनु भएको छ ।

सहकारी सचेतना कार्यक्रम तथा ६४ औं सहकारी दिवसका अवसरमा पचालझरना गाउँ पालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै हिमचुलि कृषि सहकारी संस्था लि.का संस्थापक अध्यक्ष / रास्कोट नगरपालिकाका प्रमुख तथा राष्टिय सहकारी महासंघका पुर्व संचालक बरालले सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।

पचालझरना गाउँ पालिकामा रहेका ३१ वटा सहकारीका अगुवाहरु र जनप्रतिनिधिहरुको सहभागितामा भएको कार्यक्रममा सहकारीहरु मर्जर भएर जानु पर्नेमा जोड दिदै पूर्व सचालक बरालले सहकारी संस्था अर्ध सरकारी निकाय समेत भएको बताउनु भएको छ ।

वहाँले सहकारी संस्थामा पारदर्शिता पहिलो कुरा भएकाले हरेक कार्यक्रमको सदस्यहरुलाई स्पष्ट पारेर अघि बढ्ने सहकारी रहेको बताउनु भएको छ । सहकारी मार्फत कृषिमा विशेष जोड दिन आग्रह गर्दै आगामी दिनमा नमुना सहकारी बनाउन सबै लागि पर्नु पर्ने बताउनु भएको् छ । सहकारीहरु अनुदानका लागि मात्र सक्रिय रहेकाले आत्मनिर्भर हुन आफै सक्रियता हुनु पर्नेमा जोड दिइएको छ ।

पचालझरना गाउँ पालिकाका अध्यक्ष खडगराज सेजुवालले पचालझरनाका सहकारीहरु सदस्य मुखि भएर अघि बढ्न अनुरोध गर्नु भएको छ ।

त्यसै गरी पचालझरना गाउँ पालिकाका प्रमुख प्रशासकिय प्रमुख शिब कुमार पौडेलले सहकारीहरुलाई सहि तरिकाले संचालन हुन पहिलो चरणमा आग्रह गरिने र तोकिएको समयमा सक्रिय नभए सहकारी निति सम्बत अघि बढ्ने बताउनु भएको छ ।

गाउँ पालिका भरीमा ४० जना सहकारी कर्मिहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित