जिल्ला अस्पताललाई तिन लाखको सामाग्रि हस्तान्तरण

7
SHARES
15
VIEWS

कालीकोट, जेष्ठ ।जिल्ला अस्पताल कालीकोटलाई पूर्व सांसद तथा कुमारी ट्रष्टका संयोजक राजिव विक्रम शाहले तिन लाख बराबरको स्वस्थ्य सामाग्रि प्रदान गर्नु भएको छ ।

राजिव विक्रम शाहले सहयोग गरेको सामाग्रि नेपालि कांगे्रेसका महासमिति सदस्य तथा लेखक संघका केन्द्रिय उपाध्यक्ष मोतिराज बमले हस्तान्तरण गर्नु भएको हो । स्वस्थ्य समाग्रि हस्तान्तरणका क्रममा महासमिति सदस्य बमले पूर्व सांसद शाहले कर्णालिका जनतालाई कोरोनाका कारण कसैको ज्यान नजाओस भन्दै समग्र कालीकोट बासिको स्वस्थ्यको ख्याल गर्दै स्वस्थ्य समाग्रि सहायेग गर्नु भएकोमा धन्यवाद दिदै यसको उचित सदुपयोग हुने विश्वास गर्नु भएको छ ।

जिल्ला अस्पताल कालीका डा.भिष्म कुमार पोख्रेललाई स्वस्थ्य सामाग्रि हस्तान्तरण गर्नु भएको हो । डा.भिष्म पोख्रेलले स्वस्थ्य सामाग्रि ग्रहण गर्दै कोरोना महामारीको संकट झेलिरहेको अवस्थामा स्वस्थ्य समाग्रि उपलब्ध हुनुले ठुलो राहत भएको बताउनु भएको छ ।

जिल्लामा कोरोना अस्पतालको तयारी भइरहेको अवस्थामा स्वस्थ्य सामाग्रिको सदुपयोग हुने वहांको ठहर छ । पुर्व सांसद राजिव विक्रम शाहले जाजरकोटमा अस्पताल समेत बनाई सक्नु भएको छ भने कर्णालि प्रदेश अस्पतालमा ७० लाखको स्वस्थ्य सामाग्रि हस्तान्तरण गरिसक्नु भएको छ । त्यसका साथै पूर्व सांसद शाहले कर्णालि प्रदेशका १० जिल्ला अस्पताललाइ तिन तिन लाख बराबरको स्वस्थ्य सामाग्रि हस्तान्तरण गर्ने योजना अनुसार कालीकोटमा स्वस्थ्य समाग्रि हस्तान्तरण गरिएको बताइएको छ । कालीकोट जिल्लामा स्वस्थ्य सामाग्रि ल्याएर आउनु भएकोमा नेता मोतिराज बमलाई जिल्ला बासिले धन्यावाद दिएका छन ।

मोतिराज बमको पहलमा यस अघि जिल्ला बाहिर रहेका अलपत्र कालीकोट बासिलाईं राजिब विक्रम शाहको पहलमा खाद्यन्न लगाएतको सहयोग समेत गर्नु भएको थियो । कर्णालि प्रदेशका जुम्ला,मुगु लगाएतका ठाउँ मा स्वस्थ्य समाग्रि वितरण गरिेने बमले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित