कालीकोट । जिल्लाको सबै भन्दा बढि क्षेति भएको पलांता गाउँ पालिका वडा न. १ को खाडा वस्ति हो । एकाएक भएको आगालागिले २०७५ साल पौष ८ गते ४८ घरमा आगलागि भएको थियो । सिंगो न्यौपाने वस्ति नै खरानि भएपछि स्थानिय सरकार तथा कर्नालि प्रदेश सरकारले राहतका साथै घर निर्माण गरेको थियो ।
उक्त घटनाबाट पाठ सिक्नु पर्ने भएपनि स्थानिय तहले बाहिर बाट आएको राहत सामाग्रि सहित आर्थिक व्यवस्थापन भने गर्न सकेन । न्यौपाने वस्ति निर्माण भएपनि जनता भने सन्तुष्ट छैनन । उक्त वस्तिका लागि आएको राहत सहि ढंगले जनतामा नपुगेको बताउछन । उनिहरुले खाडा वस्ति निर्माण भयो खुशीको कुरा भएको तर राहतको नाममा गैरपिडितको हालिमुहालि भएको बताएका छन ।
त्यसै गरी २०७७ साल मंसिर १३ गते तिलागुफा नगरपालिका वडा न. ४ रांचुलिमा आगलागि हुंदा १३ घर जलेर नष्ट भए । त्यसमा सबै दलित वस्तिका समुदायलाई कर्नालि प्रदेश सरकार लगाएतका विभिन्न निकायबाट सहयोग भयो । दलित वस्तिको पुन निर्माण गर्ने आश्वासन पनि भयो ।
ति समुदायले खेप्नु परेको पिडाको लामो समय देखि वेवास्ता भएको थियो ।
२०७७ साल पौष १८ गते बाबु द्धारा आफैले घरमा आगलागि गराउदा दुई छोराको ज्यान गएको थियो । नरहरिनाथ गाउँ पालिका वडा न. ७ माल्कोटका भैरे बटालाले लगाएको आगोबाट घरमा पूर्ण रुपमा क्षति हुनुका साथै उनका दुई छोरा गणेश बटाला र मन बहादुर बटालाको ज्यान गयो तर त्यसका लागि कसैबाट सहयोग भएन ।
पचालझरना गाउँ पालिकाको वडा न. ८ विस्खेतको खोलिबजारमा आइतवार आगजनि हुंदा ६ घर जलेर नष्ट भएका छन । दलित वस्तिका ६ घरमा रहेको अन्नपात,लत्ता कपडा जलेपछि स्थानिय सरकारले राहतको व्यवस्थापन गरेको छ ।
वर्षेनि हुने आगलािगबाट दिर्घकालिन रुपमा न्युनिकरण गर्ने कुनै पनि पक्षबाट दिर्घ कालिन रणनिति बन्न भने अहिले सम्म सकेको छैन । दिर्घकालिन रणनितिका लागि स्थानिय निकाय,जिल्ला दैवि प्रकोप व्यवस्थापन समिति तथा अन्य निकायहरुले पहल भने नगरेका होइनन ।
विपद व्यवस्थापन सम्बन्धि विभिन्न निकायहरुले गरेको लगानि पनि वालुवामा पानि भएको छ । विपद बाजा बजाएर आउदैन भन्ने नारामा मात्र सिमित भएको छ ।
आगलागि मात्र नभई कालीकोटमा वर्षेनि बाढिपहिरोको जोखिम पनि बढ्ने गरेको छ ।
यस आर्थिक वर्षमा ५० जना बढिको बाढिका कारण ज्यान गएको छ भने सो को लागि न त जिल्लामा उद्धार सामाग्रि छन । न त कुनै निकायको सहयोग रहेको छ । घटना घटेर गएपछि दुःख व्यक्त गर्नु बाहेक अरु केही छैन ।
हिंउदको समयमा सुख्खा खडेरी पर्ने र खरका छाना भएका घरहरु भएका कारण हावाहुरी र आगजनि हुने गरेको छ ।
आगलागि बाट क्षति कम गर्न खरका छानामुक्त अभियानको थालनि गरेको पचालझरना गाउँ पालिका र तिलागुफा नगरपालिकाले क्रमश घर निर्माण गर्दै आएको छ ।
पचालझरनाका २ सय ७० घर छाना मुक्त हुने भएका छन भने तिलागुफा नगरपालिकामा प्रत्येक वडाहरु १० वटा घरलाई खरको छाना मुक्त गर्न शुरु गरिएको नगरपालिकाले जनाएको छ ।
Discussion about this post