हिमचुलि सहकारी द्धारा स्थानिय तहलाई खाद्यन्न राहत प्रदान

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले विभिन्न क्रियाकलापहरु गरिरहेको अवस्थामा राज्यको तेस्रो खम्बा सहकारीबाट देशभर सहयोग गर्ने क्रम संगै कालीकोट जिल्लामा पनि स्थानिय निकायलाई सहयोग गरिएको छ ।

जिल्ला भर १२ हजार पांच सय बढि शेयर सदस्य रहेको हिमचुलि कृषि सहकारी संस्था लि.ले जिल्लाका नौ वटा स्थानिय तहलाई खाद्यन्न,सुरक्षा निकायलाई मास्क,गोल्बस र सेनिटाइजर समेत हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष काली बहादुर महताराले जिल्लाका पचालझरना,पलांता,सान्नित्रिवेणि र नरहरिनाथ गाउँ पालिका र रास्कोट नगरपालिकामा स्थानिय तहमा पुगेर प्रत्येक स्थानिय तहलाई १० कट्ठा मसिनो चामल, एक पेटी खाने तेल र सुरक्षा निकायका इलाका प्रहरी कार्यालयलाई सेनिटाईजर तथा ग्लोव्स र मास्क प्रदान गर्नु भएको छ ।

जिल्ला सदरमुकाम मान्ममा संस्थाका सचिव सरोज बोगटीको अगुवाईमा खांडाचक्र,तिलागुफा नगरपालिका र महावै,शुभकालिका गाउँ पालिकालाई पनि खाद्यन्न सहयोग गरिएको बताइएको छ । संस्थाका अध्यक्ष काली बहादुर महताराका अनुसार संस्थाका कर्मचारीहरुको पांच दिन बराबरको तलब र सामुदायिक राहत कोषको रकम गरी तिन लाख रकमबाट कोरोना रोकथामका लागि सहयोग गरेको बताउनु भएको छ ।

पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाललाई संस्थाका अध्यक्ष काली बहादुर महताराले खाद्यन्न सामाग्रि हस्तान्तरण गर्नु भएको छ । उक्त कार्यक्रममा गाउँ पालिका उपाध्यक्ष तारा न्यौपाने,वडा न. ४का वडा अध्यक्ष तथा प्रवक्ता अरुण रोकाया,रास्कोट सेवा कार्यालय व्यवस्थापक कृष्ण बराल, जारकोट सेवा कार्यालय व्यवस्थापक गोगन मल्ल लगाएतको सहभागिता रहेको थियो । राहत सामाग्रि ग्रहण गर्दै गाउँ पालिका अध्यक्ष खडगराज सेगुवालले संकटको समयमा सहकारीले गरेको सहयोग अतुलनिय रहेको बताउदै हिमचुलि कृषि सहकारी संस्था लि.लाई धन्यवाद दिनु भएको छ ।

सहकारीले गरेको सहयोग कोरोना भाईरसका कारण भारत लगाएतका तेस्रो मुलुकबाट आएका नागरिकहरुका लागि क्वारेन्टाइनमा बस्दै आएकाहरुलाइृ सहयोग गरिएको संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताउनु भएको छ ।

यस अघि  पचालझरना गाउँ पालिकामा संजय चौतारी उपभोक्ता सहकारी संस्थाले पचालझरना गाउँ पालिकालाई ११ हजार एक सय ११ रुपैया सहयोग गरेको थियो । जिल्लामा सबै भन्दा बढि सहयोग गर्ने सहकारी संस्था मध्ये हिमचुलि कृषि सहकारी संस्थाले जिल्लामा विभिन्न कारोवार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित