अनेरास्ववियू(क्रा) कालीकोट द्धारा महासंघको विज्ञप्तिको खण्डन (यस्तो दियो सुझाव)

7
SHARES
15
VIEWS

कालीकोट । समाचार लेखेकै कारण ज्यान मार्न धम्कि र मिडिया तोडफोड गर्छु भनेको घटना प्रति नेपाल पत्रकार महासंघ कालीकोट शाखाले निकालेको विज्ञप्तिको अनेरास्ववियू(क्रा)कालीकोटले खण्डन गरेको छ ।

विज्ञप्ति जारी गर्दे संगठनले जिल्लामा व्यापक संगठन विस्तार गरेको देखेर अतालिएकाहरुले पूर्वाग्राही हुंदै समाचार लेखेको र त्यहि माथि नेपाल पत्रकार महासंघले निकालेको विज्ञप्तिको समेत विरोध गरेको छ । विज्ञप्तिमा भनिएको छ उक्त समाचार हटाउन समेत अनुरोध गर्दछौं ।

अनेरास्ववियू(क्रा) कालीकोटले संगठनमा आवद्ध विद्यार्थिहरुले सपथ खांदा मुठि उठाएको बताउदै पत्रकारीतामा समेट्नु पर्ने ५ वटा सुझाव समेत दिएको छ । सुझावहरु यस प्रकार रहेका छन ।

१. संगठनमा आवद्ध विद्यार्थिहरुको प्रतिक्रिया लिदा हुन्थ्यो की नाई ?
२. विद्यालय प्रशासनको प्रतिक्रिया लिदा हुन्थ्यो की नाई ?
३. विद्यार्थिहरु संगठनमा बस्ने व्यवस्थामा के लेखिएको छ जिल्ला शिक्षा समन्वय इकाईको प्रतिक्रिया लिने मिल्छ की नाई ?
४. सम्बन्धित विद्यार्थि संगठनका आधिकारीक व्यक्तिको प्रतिक्रिया लिन मिल्छ की नाई ?
७.राजनैतिक पूर्वाग्राहीले समाचार बनाउन मिल्छ वा मिल्दैन ध्यान दिनु पर्ने ?
संगठनका जिल्ला संयोजक शाहीलाई समाचार प्रकाशन गर्नु भन्दा अघि कुनै प्रतिक्रिया नलिएर बाहिर ल्याएको र पछि सुझाव तथा खण्डन गर्न खोज्दा धम्कि दिएको समाचार लेखे पछि विवाद बढ्दै गएको बताइएको छ । वास्तविक कुरा नबुझेर धमाधम विज्ञप्ति निकालेको भन्दै संगठनले गहिराईमा पुगेर मात्र अघि बढ्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित