पचालझरनामा गणतन्त्र दिवसका अवसरमा सडकको उद्घाटन गरिने

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनाका सबै वडाहरु सडक संजालमा जोडिएको छ । सम्पन्न भएका सडकमा यातायातका साधन संचालनमा ल्याउन पहल भइरहको अवस्थामा सिकु पणेक्षा सडकको गणतन्त्र दिवसका अवसरमा जेष्ठ १५ गते उद्घाटन गरिने भएको छ ।

पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल लगाएतका पदाधिकारीहरुको टोलिले गरेको स्थलगत अनुगमन पछि उक्त मिति तय भएको हो ।

पचालझरना गाउँ पालिका अध्यक्ष सेजुवालले पालिकाका सबै वडाहरु सडक संजाल जोडिएको र पचालझरना सम्मको जाने सडक यस  वर्ष भित्र खार्दु गाउँ सम्म पुग्ने बताउदै स्थानिय सरकारको पहिलो उपलब्धि भनेको सडक विस्तार गर्नु रहेको थियो त्यो पुरा भएको दावि गर्नु भएको छ ।

पछिल्लो समयमा सडक विस्तार तथा सडक स्तरन्नोतिका लागि व्यापक काम भइरहेको बताइएको छ । पचालझरनामा नमुना काम देखेर अन्य पालिकाहरुमा सिके गर्दै आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित