पत्रकार महासंघको भवन मर्मतमा नयाँ पदाधिकारी

7
SHARES
15
VIEWS

कालीकोट । नेपाल पत्रकार महासंघको प्रयोग विहिन भवन सुचारु भएको छ । भरतराज विष्टको नेतृत्वमा सर्वसम्मत चयन भएको कार्यसमितिले विभिन्न निकायको सहयोग तथा आफै लागेर मर्मत सम्भार तथा प्रयोगमा ल्याइएको हो ।

५ वर्ष अघि निर्माण भएको भएपनि गाइगोठ बनेको भवनको सातो फर्किन थालेको हो ।तत्कालिन पत्रकार महासंघ कालीकोटका अध्यक्ष काली बहादुर मल्लको नेतृत्वमा निर्माण भएको भवन यस अघि प्रयोग विहिन भएको थियो ।

अहिले भवनमा मर्मत भएर पत्रकार महासंघका बैठक देखि अन्य गतिविधि हुन थालेका छन । यस प्रति खुशि हुंदै तत्कालिन अध्यक्ष मल्ल र वर्तमान अध्यक्ष भरतराज विष्ट समेत मर्मतमा आफै जुटेका हुन । लामो समय पछि मर्मत भएर प्रयोगमा आएको भवन देखेर आफु खुशि भएको मल्लको भनाई रहेको छ । उनका अनुसार विभिन्न निकायको सहयोगबाट एक लाख बढि सहयोग भएको समेत बताए ।

अहिले पत्रकार महासंघको भवनमा फर्निचर, कार्पेट लगाएतका सामाग्रिहरु उपलब्ध भएको बताइएको छ । प्रयोग विहिन भवन सुचारु गरेकोमा बाह्यरुपमा प्रशंसा हुन थालेको छ ।

स्थानिय जगेन्द्र प्रसाद आचार्यले निर्माण भएको लामो समय सम्म पत्रकारको भवन थियो की थिएन भन्ने लागेको् थियो अहिले सुचारु भएको खवर पाउदा खुशी व्यक्त गरेका छन । भवनको थप व्यवस्थापनका लागि कर्नालि प्रदेश सरकारका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले यस अघि स्थलगत अनुगमन पछि सहयोग गर्ने बताइ सक्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित