पचालझरनामा प्रशासन संचालन सम्बन्धि कर्मचारीलाई तालिम

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाले काम कार्वाहीमा सहजता ल्याउन र कार्यसम्पादनका लागि कर्मचारीहरुलाई तालिम संचालन गरेको छ ।

कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यको उपस्थितिमा गाउँ पालिकामा कार्यरत वडा सचिव, वडा सदस्य तथा अन्य कर्मचारीलाई तालिम दिइएको हो ।

उक्त तालिममा सामाजिक दुर्घटना दर्ताका काम कार्वाहीको बारेमा समेत सहजिकरण गरिने बताइएको छ ।

शनिवार शुरु भएको तालिममा पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालको उपस्थितिमा कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यको सहजिकरणमा तालिम शुरु हुने बताइएको छ । उक्त तालिम बैशाख १३ गते सम्म शुरु हुने बताइएको छ ।

पचालझरना गाउँ पािलका अध्यक्ष सेजुवालले पचालझरनाका कर्मचारीहरुको कार्यक्षमता अभिबृद्धि गरी काम कार्वाहीमा सहजता आउने उद्देश्यले तालिम संचालन गरिएको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित