कालीकोट,जेष्ठ । जिल्लाको तिलागुफा नगरपालिकामा तिन जनामा कोरोना संक्रमित देखिएको छ।
पहिलो चरणको चेक जांजमा तिन जनाको रिर्पाेट पोजेटिभ आएको बताइएको छ । तिलागुफा नगरपालिकाको सत्यदेवि माविमा भारतबाट आएका नागरिकहरु क्वारेन्टाइनमा बस्दै आएका थिए । पहिलो चरणको रिर्पाेट पोजेटिभ आएको दोस्रो चरणको रिर्पाेट आज सांझ सम्म आउने कर्णालि स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ । यस अघि कर्णालि प्रदेशमा आज सम्म ४६ जना बढि कोरोना संक्रमित रहेको बताइएको छ ।
कालीकोट जिल्लामा अहिले भारतबाट २ हजार सात सय बढि नागरिक भित्रिएका छन भने कोरोना संक्रमित थपिने आशंका गरिएको छ । कालीकोटका नौ वटा स्थानिय तहले नागरिक ल्याउने क्रम जारी राखेका छन ।
Discussion about this post