पोतमाराको काम ९० प्रतिशत सम्पन्न,कामदारले रकम नपाएको गुनासो

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको एक मात्र जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेपनि समयमै रकम नपाउदा समयमै काम हुन नसेको ठेकेदारले गुनासो गरेका छन । कामको जिम्मा लिएका भैरब नारायण जेभिका प्रोप्राइटर खेमराज  बमले आफुले ९० प्रतिशत काम सम्पन्न गरेको दावि   गर्दै  पेश्कि रकम समेत नपाएको बताएका हुन ।

उनले स्टेटमेट भन्दा थप काम गरेको पौष १४ गते देखि २०७८ बैशाखा महिनाको १४ गते सम्म अवधि रहेको  एक करोड ३१ लाख अर्थात ४६ प्रतिशतमा ठेका लिएको बताएका छन ।

उनका अनुसारका काम आफुले कामको जिम्मा लिएको तर अहिले सम्म रकम नपाएको बताउदै बैशाख १४ गते अवधि समाप्त हुन लागेकाले म्याद थप गर्नु पर्ने बताएका छन । विगत १ वर्ष देखि जलविद्युत आयोजना बाढिका कारण  अवरुद्ध भएको  छ ।

४ महिना देखि काम गर्दै आएका कविराज संज्यालले ज्याला नपाएको समेत बताए । उनले भने काम गरेका छौं जलविद्युत कार्यालयबाट रकम नपाएका कारण आफुले दावि नगरेको बताएका छन ।
यस सम्बन्धमा जलविद्युत वितरण केन्द्र कालीकोटका प्रमुख मेगराज जैसीले जालि र अन्य काम सम्पन्न गर्न ठेकेदार लागेको र केही दिन भित्र रकम भुक्तानि गर्न तयारीमा रहेको बताएका छन ।

आफु त्यहि कामको लागि जिल्ला बाहिर गएको र तत्काल व्यवस्थापन गर्ने बताउदै समावधि समाप्त हुन लागेकाले एक महिना थप गर्ने बताएका हुन ।

उनले भने जलविद्युत आयोजना पोतमाराको मुहानको लागि कर्नालि प्रदेश सरकारले वजेट व्यवस्थापन गरेकाले उक्त काम गर्ने तयारी भएको बताउदै यस आर्थिक वर्ष भित्र विद्युत संचालन गर्ने तयारीमा रहेको भएपनि सम्भव हुन सक्ने अवस्था नभएको वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित