सुर्खेत । कोरोना महामारीलाई नियन्त्रण गर्न कर्नालि प्रदेश सरकारले एक अर्वको कोषको व्यवस्थापन गरेको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारकी प्रवक्ता विमला केसीले ५० करोडको विकासे वजेट रकामान्तर गरेर उक्त कोषमा १ अर्वको व्यवस्थापन गरिएको बताइएकी छन ।
उनले प्रदेशका कुनै पनि नागरिकहरुको स्वस्थ्य उपचारमा कमि हुन नदिनका लागि समयमै कोषको व्यवस्थापन गरिएको र प्रदेश अस्पताल तथा विभिन्न जिल्लाका सामुदायिक अस्पताल र जिल्ला अस्पतालका लागि १२ करोडको व्यवस्थापन गरिएको बताएकी छन ।
यस अघिको कोरोना व्यवस्थापनमा कर्नालि प्रदेश सरकारले विभिन्न ठाउँमा चेक जांच देखि अन्य व्यवस्थापन गर्दै आएको थियो ।
Discussion about this post