देशमा काम गर्ने जति मजदुर हुन ति मजदुरका हितमा काम गर्ने कयौं संघ संगठनहरु छन । ति संघ संगठनहरु मजदुरको हितमा काम गर्ने गरी स्थापना भएका हुन । पछिल्लो समयमा मजदुर नेताहरु मोटिने तर मजदुरहरु काम गरेर भोक भोकै बांच्ने अवस्था आउने गरेको छ ।१३२ औँ विश्व मजदुर दिवसका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ कालीकोटका अध्यक्ष मान बहादुर विष्ट(राजेन्द्र) संग कर्नालि संचारका कार्यकारी सम्पादक रुपेन्द्र ऐडीले समसामयिक विषयमा गरिएको संक्षिप्त कुराकानि :
सबै भन्दा पहिले यहाँलाई विश्व मजदुर दिवसको अवसरमा हार्दिक शुभकामना :
मेरो तर्फबाट यस कर्नालि संचार अनलाईन मार्फत विश्व मजदुर दिवसका अवसरमा शुभकामनाका साथ कोरोना कहरमा जो जहाँ हुनुहुन्छ आ आफ्नो क्षेत्रबाट विश्व मजदुर दिवस मनाउन अनुरोध गर्दै आगामी दिनमा सहज वातावरण भएपछि मजदुहरुको हितमा काम गर्ने गरी सबै सुरक्षित रहौं भन्ने शुभकामना दिन चाहन्छु ।
अहिले विश्वमा व्यापक फैलिएको कोरोनाको अवस्था छ यति वेला मजदुरको हितमा के काम गरिरहनु भएको छ ।
हामी काम गरी खाने मजदुरहरुका लागि अहिले फैलिएको कोरोना काल भएर आएको छ । संगठित र असंगठित मजदुरहरु मध्ये हामी असंगठित मजदुर भित्र पर्ने कृषक,दैनिक ज्यालादारी लगाएतका सडकमा काम गर्ने सबै हामीलाई कठिन घडिमा अघि बढ्नु परेको छ । हामीले यति वेला विभिन्न निकायको भरमा पर्नु परेको छ ।
संगठित मजदुरहरु योगदानमा आधारित भएर विभिन्न निकयामा सुचिकृत भएर अघि बढ्छन । ति योगदानमा आधारीत रहेका हुन्छन । योगदानमा आधारीत मजदुरहरु विभिन्न विभिन्न पेशामा आवद्ध भएकाहरुको नियमित श्रोत हुंदा सहजता भएपनि कोरोनाको विचमा हामीले उच्च सर्तकताका साथ काम गर्नु पर्दछ । जिविकोपार्जनका लागि हामीले काम नगरेर हुदैन ।
यो बेला हामी मजदुर संगठनहरु एक भएर देशमा विपदको घडिमा संगठित मजदुरहरुको रोजिरोटीका लागि पहल गर्नु र दैनिक ज्यालादारी लगाएतका असंगठित मजदुरहरुका लागि सरकारी निकायमा व्यवस्थापनका लागि दवाव दिनु पर्छ दिन्छौं पनि ।
अन्यायमा परेका मजदुरहरुको हितका लागि हामीले आवाज बुलन्द पार्ने हो । कसैलाई अन्याय परेको छ भने हामीले सहजता कायम गर्न सकेनौ भने श्रम अदालतमा पुग्ने समेत हाम्रो संगठनले गर्ने हो ।
तपाईका महासंघमा आवद्ध मजदुरहरु संख्यो कालीकोटमा कति रहेका छन
कालीकोटमा हाम्रो गएका वर्ष सबै स्थानिय तह र पेशागत संगठन गरेर १२ वटा संगठन निर्माण भएका छन । कालीकोटमा ३१ सदस्य जिल्ला कार्य समिति रहेको छ । जिल्ला भर हाम्रा ८ आठ सय संगठित सदस्य रहेका छन ।
पछिल्लो समयमा कालीकोटको रास्कोट, पलांतामा गठन भएका श्रम बैंक तथा कार्यदलका सदस्यहरु लगाएत गरेर सदस्यहरु रहेका भएपनि कोरोनाका कारण हामीले परिचय पत्रको व्यवस्थापन गर्ने भनेका थियौं गर्न सकेनौ ।
कालीकोट जिल्लामा हामस्ले यातायात मजदुर संगठन निर्माण गरेका थियौं । मजदुरहरुको हितमा विभिन्न कार्यक्रम गर्ने भनेर हामी अघि बढेको भएपनि कोरोना महामारीका कारण परिस्थिति परिवर्तन भएपछि अघि बढ्न सकेका छैनौ ।
तपाईको मातृपार्टीले मजदुरहरुका हितका लागि के गर्ने निति लिएको छ ?
हाम्रो मातृ पार्टी भनेको नेकपा(माओवादी केन्द्र) हो । संगठन पार्टी निर्माणका सहयाक पक्षहरु हुन हामीले विभिन्न भातृ संगठन मिलेर पार्टी निर्माण भएको हो । हाम्रो पार्टीले कालीकोटमा मजदुरहरुको हितका लागि चालेको कदमहरु त्यस्तो केही नदेखिएपनि पार्टीको निर्देशन बमोजिम हामी अघि बढ्ने हो ।
हामी जति पेशामा आधारीत भएर अघि बढेका छौं । सबैलाई सामाजिक सुरक्षा ऐन अन्तरगत उल्लेख भए अनुसार पारिश्रमिकको व्यवस्थापन गरे अघि बढ्ने हो । विभिन्न स्थानिय तहमा मजदुरहरुको हितका लागि वजेट व्यवस्थापन गरिएको हुन्छ ।
हामीले जुनसुकै हालतमा पनि मजदुरहरुको विचल्लि हुन नदिन विशेष पहल चाल्ने हो । हाम्रो संगठनले कोरोनाका कारण विचल्लिमा परेका मजदुरहरुका संरक्षण, प्रवद्धन र व्यवस्थापनका लागि सम्बन्धित पक्ष संग लडेर भएपनि भोकै मर्ने वातावरणको अन्त गर्न लागि परेका छौं । त्यो बजेट मार्फत सबै मजदुरको हितमा लगानि गर्ने हो तर हामी कहाँ मजदुरका हितमा कोही कसैले ध्यान दिएको पाइदैन । हामीले यस अघि दुई पार्टी एक भएको अवस्थामा मजदर संगठन पनि एकता गर्ने अभियानमा लागि परेका कारण संगठन विस्तार लगाएतको काम भएन ।
हामीले जुनसुकै हालतमा पनि मजदुरहरुको विचल्लि हुन नदिन विशेष पहल चाल्ने हो । हाम्रो संगठनले कोरोनाका कारण विचल्लिमा परेका मजदुरहरुका संरक्षण, प्रवद्धन र व्यवस्थापनका लागि सम्बन्धित पक्ष संग लडेर भएपनि भोकै मर्ने वातावरणको अन्त गर्न लागि परेका छौं ।
पछिल्लो समयमा पार्टी विभाजन भएपछि हामीहरु संगठन व्यवस्थापनमा लाग्ने तयारी भएको थियो कोरोनाले रुप उच्च लिएपछि त्यो ओझेलमा परेको छ । पार्टी संग समन्वय सहकार्य गरेर अघि बढ्ने तयारीमा छौं ।
अन्तमा के भन्नु हुन्छ ?
यस कर्नालि अनलाइन मिडिया मार्फत मेरा विचारहरु बाहिर ल्याउने काम गरेकोमा धन्यवाद दिदै सबै संगठित तथा असंगठित मजदुरहरुले उच्च सतर्कता अपनाउदै आ आफ्न ठाउँमा मजदुर दिवस मनाउन आग्रह गर्दछु ।
Discussion about this post