मजदुरहरुले राष्ट निर्माणको अभियानमा साथ दिनु पर्छ — अध्यक्ष सेजुवाल

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकामा मजदुर दिवस मनाइएको छ । पचालझरना गाउँ पालिकामा कार्यरत कर्मचारीहरुका उपस्थितिमा १३२औं विश्व मजदुर दिवस मनाइएको हो ।

कर्मचारीहरु संग अन्तरक्रिया गरेर मजदुर दिवस मनाइएको हो । मजदुर दिवस कार्याक्रममा पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल,उपाध्यक्ष तारा न्यौपाने,नेकपा(माओवादी केन्द्र) पचालझरनाका अध्यक्ष पौरख विक,प्रमुख प्रशासकिय अधिकृत शिव कुमार पौडेल सहितको उपस्थिति रहेको बताइएको छ ।

उक्त कार्यक्रममा अखिल नेपाल ट्र्ेडयुनियन महासंघ अन्तरगतको कृषि मजदुर संघ कर्नालि प्रदेशका संयोजक बर्म ऐडीको समेत उपस्थिति रहेको बताइएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले मजदुरहरुको विश्वमा सबै भन्दा अघि अमेरिकाको सिकागो शहरबाट भएको आन्दोलनले आठ घण्टा काम आठ घण्टा माम र बाकी आरामले स्थापित भइ अधिकार प्राप्त गरेको दिन भएकाले सबै मजदुरले राष्ट निर्माणको अभियानमा साथ दिनु पर्ने बताउदै शुभकामना दिनु भएको छ ।

सोही कार्यक्रममा नेकपा(माओवादी केन्द्र) पचालझरनाका अध्यक्ष पौरख विकले विभिन्न पार्टीलाई अघि बढाउन मजदुर संगठनको ठुलो हात रहेको बताउनु भएको छ ।
मजदुर दिवस जिल्लाका विभिन्न ठाउँमा कोरोनाका विचबाट सामाजिक दुरी कायम गर्दै मनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित