पचालझरनाले थाल्यो कोरोनाको विचमा सरसफाई र सुरक्षा सतर्कता

7
SHARES
15
VIEWS

कालीकोट । देशभर महामारीका रुपमा फैलिएको कोरोनाका विचमा पचालझरना गाउँ पालिकाले सरक्षा सर्तकता र सरसफाई सम्बन्धि सहयोगिहरुलाई सचेतनामुलक तालिम संचालन गरेको छ ।

गाउँ पालिकामा रहेका कर्मचारीहरुलाई कोरोना संक्रमणका समयमा गाउँमा अपनाउनु पर्ने विधि र कार्यालयलाई के कसरी सफा राख्न सकिन्छ भन्ने बारेमा दुई दिने तालिम संचालन गरिएको हो ।

पचालझरना गाउँ पािलका अध्यक्ष,उपाध्यक्ष र कार्यकारी प्रमुखको उपस्थितिमा तालिम शुरु भएको हो ।

उक्त तालिमको उद्घाटन गर्दै गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले गाउँ पालिकालाई स्वच्छ र सरसफाईमा नमुना बनाउने हात भनेको कार्यालय सहयोगिको रहेकाले कोरोना महामारीका विचमा उच्च सतर्कता अपनाउदै आ आफ्नो भुमिका निर्वाह गर्न अनुरोध गर्नु भएको छ । वहाँले अहिलेको अवस्थामा कार्यालय सहयोगिहरुले पचालझरना गाउँ पालिकामा गरेको व्यवहारले बाहिर सन्देश जाने भएकाले बोल्दा हार्दिकता देखि अन्य काम कार्वाहीमा उच्च सतर्कता अपनाउन अनुरोध गर्दै सक्षम कर्मचारीको रुपमा जिम्मेवारी पुरा गर्नु पर्नेमा जोड दिनु भएको बताइएको छ ।

कोरोना महामारीको विचमा सामाजिक दुरि कायम गर्दै पचालझरना गाउपालिकाको विभिन्न कार्यालयमा कार्यरत कार्यालय सहयोगिहरुको उपस्थितिमा पचालझरना गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवकुमार पौडेलले प्रशिक्षण दिनु भएको पचालझरना गाउँ पालिका सुचना प्रविधि अफिसर प्रकाश कठायतले बताउनु भएको छ । उक्त तालिम सोमबार सम्पन्न हुने बताइएको छ ।

यस अघि पचालझरना गाउँ पालिकाका सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरुलाई तालिम संचालन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्न के के गर्नु पर्छ भन्ने बारेमा तालिम संचालन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित