स्पष्टिकरण सोध्ने एमाले अध्यक्ष माथि ५ बुद्धे आरोप,अब के हुन्छ नेकपा(एमाले)कालीकोटमा ?

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(एमाले) कालीकोटका युवा नेता रविन्द्र शाहीले रातारात नेपालि कांग्रेस संग मिलेर पैशा खाएर आफ्नै पार्टीका नेता हराउने अभियानमा लागेका आरोप लगाउदै उनि माथि कार्वाही हुनु पर्ने बताएका छन । आफु लगाएतका नेकपा(एमाले) कालीकोटका नेताहरुलाई स्पष्टिकरण सोध्ने ओलि पक्षिय नेता नगेन्द्र शाहीलाई संकेत गर्दै ५ वटा आरोप लगाएका छन ।उनले खुला पत्र लेख्दै यसो आरोप लगाएका हुन ।
जुन आरोप जस्ताको त्यस्तै निम्नानुसार रहेका छन ।
१) जसले २०७० सालको संविधानसभा निर्वाचनमा पार्टीका उम्मेदवारका विरुद्ध वागि उम्मेदवार हाल्न लगाउने र २३ दिन पछि पार्टीका अध्यक्ष तथा उम्मेदवार कमरेड कुर्मराज शाहीलाई अध्यक्ष पदवाट राजिनामा दिए मात्र धिर वमको वागि उम्मेदवारी फिर्ता गर्ने सर्त राखि धिर वमलाई जिल्ला पार्टीको संयोजक वनाईयो।

२) जसले सोही ७० को निर्वाचनमा आफ्ना गुटका व्यक्तिहरुको आन्तरिक वैठक वसालि पार्टीका उम्मेदवार कमरेड कुर्मराज शाहीलाई हराउन षड्यन्त्र गरयो र जिल्ला वाहिर भएका मतदातालाई निर्वाचनमा नआउन आन्तरिक सुचना गरियो,जिल्ला पार्टीले तोकेको स्थानमा प्रचार गर्न नगई गुटका मान्छेलाई छुट्टै लगि हिडेको उम्मेदवार हराउन लागि परेको ।

३) स्थानीय तहको निर्वाचनमा ईतिहास वोकेका नेता कार्यकर्ता लाई भन्दा पनि पैसा दिने,कांग्रेस,राप्रपावाट तत्काल पार्टीमा लागेका,आफ्ना गुटका र नातागोतालाई टिकटको सिफारिस गरेको र माधव नेपाल पक्षका उम्मेदवार हराउन पैसा समेत प्रयोग गरि लागि परेको।

४) जसले ७४ को संघिय तथा प्रदेश सभाको निर्वाचनमा जिल्ला भर आफ्ना गुटका व्यक्तिलाई नेपाली कांग्रेसका पैसा खान लगाउदै कांग्रेसलाई मतदान गर्न लगायो । प्रमाणका रुपमा ८र९ हजार भोट भएको कांग्रेसले १६ हजार भोट लगेको हेर्न सकिन्छ ।
५) ९ औ जिल्ला अधिवेशन पछि कालिकोटको पार्टी विधि पद्धति अनुसार कहिले पनि नचलाएको र पार्टीलाई प्राइभेट लिमिटेड वनाईयो।संस्थागत निर्णय कहिले पनि गरियन पार्टीको लेटरप्याडको चरम दुरुपयोग गरि आफ्न त र गुटका व्यक्तिका लागि प्रयोग गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित