कोरोनाका कारण मृत्यु भएका परिवारलाई कर्नालि प्रदेश सरकारले एक लाख दिने

7
SHARES
15
VIEWS

सुर्खेत ।देशभर फैलिएको कोरोना कहरलाई व्यवस्थापन गर्न प्रदेश सरकार अग्रसर भएको छ । कर्नालि प्रदेश सरकारले कोरोनाका कारण मृत्यु भएका घर परिवारलाई एक लाख राहत दिने बताएको छ । प्रदेश सरकारको विपद् व्यवस्थापन कोष मार्फत कोरोना संक्रमणबाट मृत्यु भएका प्रति परिवारलाई एक लाख दरले राहत दिने निर्णय गरेको कर्नालि प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले बताउनु भएको छ।

वहाँका अनुसार सामाजिक विकास मन्त्रालयले कोरोनाका कारण मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउन आवश्यक कार्यविधि र मापदण्ड बनाउने बताउदै सो कार्यविधि र मापदण्डभित्र रहेर प्रदेश विपद् व्यवस्थापन कोष मार्फत मृतकका परिवारलाई एक लाख राहत उपलब्ध गराइने छौं । कोरोनाका कारण पछिल्लो समय ५७ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रदेश सरकारले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन सर्वदलीय र सर्वपक्षीय निर्देशक समिति र सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यान्वयन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता केसीले बताउनु भएको छ ।

साथै प्रदेश सरकारले अक्सिजन सिलिण्डर र आपूर्तिका लागि प्रत्येक जिल्ला अस्पताललाई एक–एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश अस्पताल सुर्खेत, कर्नाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी अस्पताल रुकुमलाई एक–एक करोड रुपैयाँ निकासा दिइ सकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित