ठाकुर र महतोबीच नेता बन्ने विषयमा विवाद, हस्ताक्षर अभियान रोकियो

7
SHARES
15
VIEWS

काठमाडौं। प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्ने आश्वासन दिएका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच संसदीय दलको नेता बन्ने विषयमा विवाद भएको छ ।

ठाकुर र महतोबीच संसदीय दलको नेता को ? बन्ने भन्ने विषयमा मतभेद शुरू भएको स्रोतले जनाएको छ । ठाकुरले आफै संसदीय दलको नेता बन्न खोजेका छन् । महतोले आफू दलको नेता बन्नुपर्ने अडान राखेपछि ठाकुरलाई तनाब भएको छ ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टीबीच पार्टी एकीकरण हुने क्रममा नयाँ पार्टी जसपाको संसदीय दलको नेता महतोलाई बनाउने नेताहरूका बीच सहमति भएको बताइएको थियो ।

महतोले पूर्वसहमतिअनुसार संसदीय दलको नेता आफूलाई बनाउनुपर्ने अडान राखेपछि ठाकुर र महतोबीच विवाद भएको हो । ठाकुर र महतोबीच विवाद हुँदा सांसद र केन्द्रीय सदस्यहरूको हस्ताक्षर अभियान प्रभावित भएको छ ।

ओलीलाई वैशाख २७ गते विश्वासको मत दिनका लागि ठाकुरले सांसद र केन्द्रीय सदस्यहरूलाई काठमाडौं बोलाएर हस्ताक्षर गराउन थालेका थिए । ठाकुरको अभियानलाई विवादले समस्या भएको छ ।

अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई प्रधानमन्त्री ओलीलाई हटाएर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने पक्षमा छन् । ठाकुरले एमालेसँगको सत्ता समीकरणमा जसपा निर्णायक शक्ति भएको बताउँदै आएका छन् ।

ठाकुरले प्रधानमन्त्री बन्ने अवसर आयो भने त्यसको लागि आफू नै उपयुक्त पात्र भएको भन्दै संसदीय दलको नेता आफू नै बन्नुपर्ने जिकिर पार्टीमा गरेका छन् ।

जसपामा उपेन्द्र यादव र बाबुराम भट्टराई संसदीय दलमा बहुमतमा छन् । महन्थ ठाकुर र राजेन्द्र महतो निकट मानिने सांसदहरू उपेन्द्र यादवतिर लागेपछि बहुमत पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित