डोल्पामा लेक लागेर जुम्लाका रावलको मृत्यु, चार जना पक्राउ

7
SHARES
15
VIEWS

डोल्पा । यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको जगदुल्ला पाटन पुगेका जुम्ला गुठीचौर गाउँपालिका–३ गज्याङ्कोटका १७ वर्षीय सुमन रावलको मृत्यु भएको छ ।

लेक लागेर बिरामी भएका रावललको काइगाउँ स्वास्थ्य चौकीमा ल्याएर उपचार गर्दैगर्दा मंगलबार बेलुकी मृत्यु भएको डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए ।

यार्सागुम्बा सङ्कलन गर्न पाटन पुगेका चार जनालाई शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले पक्राउ गरी हिरासतमा राखेको छ ।

लुकीछिपी पाटन गएर यार्सागुम्बा सङ्कलन गर्न लागेको पुगेको खबर प्राप्त भएपछि निकुञ्जको गस्ती टोली त्रिपुरासुन्दरी नगरपालिकाको भोक्पा र भान्का पाटन पुगेको थियो ।

भागेर छल नजिक पुगेको अवस्थामा पक्राउ गरिएको निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल खनालले बताए । पक्राउ पर्नेहरू सबै जुम्लाका रहेका छन् ।

जगदुल्ला क्षेत्रतिरबाट पनि पाटन जान खोज्नेहरूलाई मध्यवर्ती समितिले बाटोमा रोकेको सुनिएको र विस्तृत जानकारी प्राप्त नभएको निकुञ्जको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित