पचालझरना हेर्न आउनेको घुँइचो,मनोरञ्जन लिएर फकिर्दै वालवालिका

7
SHARES
15
VIEWS

कालीकोट । नेपालको सबै भन्दा अग्लो झरना रहेको कालीकोटको पचालझरनामा हेर्न आउनेको संख्या बढ्न थालेको छ । २०७७ सालमा आन्तरिक र बाह्य गरी ७ सय बढिले पचालझरनाको अवलोकन गरेको बताइएको छ ।

पचालझरना नजिक सम्म रेलिंग सहितको बाटो बनेपछि झरना हेर्न आउनेको संख्या बढेको हो । पचालझरना गाउँ पालिका भित्रका मात्र नभई जिल्लाका विभिन्न स्थानिय तहहरुबाट आगन्तुकहरुको घुइचो लाग्न थालेको हो ।

पचालझरना गाउँ पालिकाको खार्दु सम्मको सडक विस्तारको क्रममा रहेकाले सो क्षेत्र सम्म पैदल हिड्ने पर्नु अवस्था भएपनि विद्यार्थि तथा अन्य आगन्तुकहरुको संख्या बढ्न थालेको स्थानियले बताए ।

पछिल्लो समयमा झरनाको पानि कम हुने र नजिक सम्म जान सकिने भएकाले झरनाको नजिक पुगेर आनन्द लिने गरेको आगन्तुक आन्तरिक पर्यटकहरुको भनाई रहेको छ । पछिल्लो समय पचालझरनामा पिकनिक तथा अवलोकनका लागि अधिकांस विद्यालयका विद्यार्थिहरु आउने गरेका छन ।

केही समय अघि खांडाचक्र नगरपालिकाको वडा न. ११ स्थित चुलिमालिका माविका शिक्षक विद्यार्थिहरुले पचालझरनाको अवलोकनका साथ झरनाको नजिकमा पिकनिक खाएर फर्किएका छन । उनिहरुले झरनाका मनमोहक संग डांँडा कांडाको विचमा रहेको झरना देख्न पाउदा खुशि भएको अवलोकनमा सहभागि स्थानिय लोकजंग शाहीले बताए । उनले भने पचालझरना हेर्न आउनेहरुका लागि वासको व्यवस्थापन हुनु पर्नेमा जोड दिएका छन ।

पचालझरना गाउँ पालिकाले झरनाको नजिकमा होम स्टेको व्यवस्थापन गरेको छ । उक्त होम स्टेको भवनबाट आवासको व्यवस्थापन गर्दै आएको बताइएको छ । आगन्तुकहरुको यस वर्ष २०७७मा कतिको संख्यामा आगमन भएका छन र तिनिहरुको व्यवस्थापनका लागि के पहल गरेको छ भन्ने बारेमा पचालझरना गाउँ पालिका वडा न. ३का वडाअध्यक्ष लोकजङ्क कठायतले वडाले पचालझरनाको व्यवस्थापनका लागि सबै किसिमको व्यवस्था गरेको बताएका छन ।

उनले भने पचालझरना गाउँ पालिकाले छुट्याएको बजेटले अपुग भएको खण्डमा कर्नालि प्रदेश सरकारले व्यवस्थापन गरेर सडक पुगाउने योजना दुर्त गतिमा रहेको बताउदै पाहुनाहरुलाई आवासका लागि होम स्टेको व्यवस्थापन गरेको समेत बताए । वडाध्यक्ष कठायतले आर्थिक वर्ष २०७७ बैशाख देखि चैत्र मसान्त सम्म आन्तरिक तथा बाह्य गरेर ७ सय बढिले पचालझरना अवलोकन गरेको बताएका छन ।

अहिले पचालझरनाको खिव्ला देखि धुलछहरी सम्मको झोलुंगे पुल निर्माणको कार्य जारी रहेको बताउदै पचालझरना जोड्ने बेल्जिंङ्ग पुलको डिपिआर गर्न लागिएको बताएका छन । झरनाको नजिकमा गाउँ पालिकाले शहिद स्तम्भ तथा प्रतिक्षालय बनाएको छ । अधिकांस पाहुनाहरु उक्त स्थानबाट अवलोकन गरेर फर्किने गरेका छन । चार दिन अघि चितवन निवासि श्याम वलि प्रतिक्षालयमा पुगेर पचालझरनाको अवलोकन गरेर फर्किएका छन ।

अवलोकन गर्दै यस्तो विकट ठाउँमा नेपालको अग्लो झरना हुनु सौभाग्य भएको बताए । आफुले चितवनमा गएपछि ठुलो टिम ल्याएर झरनाको अवलोकन गर्ने बताए । उनि जस्तै कयौैंले सडक झरना सम्म पुगाउन आग्रह गरेका छन ।
यस सम्बन्धमा पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले झरनाको संरक्षणका लागि सबै प्रक्रिया थालनि गरेको बताए ।उनले भने कोरोनाका कारण ह्यातुङ्ग जाने योजना असफल भएको बताउदै राष्ट्रिय स्तरमा पचालझरना स्थापित गर्न आफु लागि परेको बताए ।

निकट भविष्यमा पचालझरनामा पुग्ने यातायातको सहजता कायम हुने बताउदै अध्यक्ष सेजुवालले काम तिव्र गतिमा बढेको छ ।
नेपालको अग्लो झरना ३ सय ८१ मिटर उचाई रहेको पचालझरनाको नामबाट पचालझरना गाउँ पालिका नामाकरण गरिएको हो । यस झरनाको पानिबाट लाफागाढ जनलविद्युत उत्पादन भएको छ भने खार्दु गाउँमा सिचाई समेत गरिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित