दैलेखमा एक जनको मृत्यु,थप १४ संंगै कर्णालिमा ६० जना संक्रमित

7
SHARES
15
VIEWS

सुर्खेत,जेठ । दैलेखमा क्वारेन्टाइनमा बस्दै आएका एक जनको मृत्यु भएको छ । दुल्लु नगरपालिकामा रहेको क्वारेन्टवाइनमा रहेका ३५ वर्षीय पुरुषको मृत्यु भएको बताइएको छ।

कर्णालि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार उनको स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो ।रिर्पाेट नआउदै उनको मृत्यु भएको भएपनि शनिबार साँँझ सम्म उनको रिपोर्ट आउने डा. तिवारीले बताउनु भएको छ ।

शनिबार बिहान चिया खाइसके पछि हिँड्दै गर्दा उनको मृत्यु भएको बताइएको छ । के कति कारणले मृत्यु भएको हो त्यो भने खुलेको छैन । पिसिआर रिर्पाेट नआउदा सम्म कोरोनाका कारणले मृत्यु भएको भन्ने नसकिने डा. तिवारीको भनाई रहेको छ ।
उता कर्णालि स्वस्थय विज्ञान प्रतिष्ठान जुम्लामा भने १७ देखि ५० बर्ष उमेर समुहका व्यक्तिमा पोजेटिभ देखिएको बताइएको छ । रिर्पाेट पोजेटिभ देखिनेमा सबै दैलेखका रहेका छन । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार पोजेटिभ देखिएका उनीहरु सबै भारतबाट आएका हुन् ।

सुर्खेतबाट पठाइएको १ हजार ४० जनाको स्वाब परिक्षणको प्रारम्भिक परिक्षणमा नै १४ जनामा पोजेटिभ देखिएको थियो । थप १४ संंगै करणालीमा ६० पुगेको छ। यसअघि कर्णालि प्रदेशमा ४६ जनामा संक्रमण पुष्टि भएकोे थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित