भारतबाट आउने भयो खरिद गरेको १० लाख डोज खोप

7
SHARES
15
VIEWS

काठमाडौँ । सरकारकाले भारतको सेरम इन्स्ट्यिुटबाट खरिद गरेको २० लाख डोज खोपमध्ये आपूर्ति हुन बाँकी रहेको १० लाख डोज खोप आपूर्ति हुने भएको छ । गत फागुन २३ गतेदेखि दोस्रो चरणको खोप अभियान सुरु भएको थियो । चैत ४ गतेसम्म चलेको खोप अभियानमा खोप लगाएकाहरूले तीन महिनापछि जेठ २३ गतेदेखि दोस्रो डोज लगाउनु पर्ने छ ।

काेभ्याक्स सुविधा र भारतबाट खरिद गरेको गरेर पहिलो डोज लगाएका झन्डै साढे १४ लाख मानिसहरूले दोस्रो डोज लगाउन बाँकी छ । उनीहरूलाई लगाउनका लागि जेठको अन्तिमसम्ममा भारतबाट खरिद गरेको १० लाख डोज खोप र कोभ्याक्स सुविधा मार्फतको करिब साढे ३ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयले बताएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जेठ महिनाको अन्त्यसम्म खोप आइसक्ने हाम्रा कुरालाई बताए । उनले भने, ‘दोस्रो डोज लाउनै पर्ने छ, जेठ महिनाको अन्त्यसम्म खोप आइपुग्छ।

कोभ्याक्स सुविधामार्फत पहिलो चरणमा आएको खोप पनि पहिलो डोजका रूपमा लगाइएको थियो । त्यस कारण कोभ्याक्स सुविधाबाट दोस्रो डोज खोप पनि आउने मन्त्रालयको भनाइ छ । प्रवक्ता डा. गौतमले कोभ्याक्स सुविधाबाट पनि खोप आउनुपर्ने बताएका छन् ।

विविध कारणले भारबाट यसअघि खोप आपूर्ति प्रक्रिया रोकिएको थियो । खोप खरिद एवं आपूर्ति रोकिनुको पछाडि विचौलीयको बिगबिगी रहेको कारणसमेत विभिन्न सञ्चारमाध्यममा आइसकेको छ । यस्तोमा सरकार नै सक्रिय भएपछि भारतबाट खोप आपूर्ति हुने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित