कालीकोटमा १७ जनामा कोरोना पोजेटिभ

7
SHARES
15
VIEWS

जुम्ला,जेष्ठ ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा शनिबार गरिएको पीसीआर परीक्षणमा कालिकोटका १७ जनासहित १९ जनामा कोरोना पोजिटिभ देखिएको छ । प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेका अनुसार एक–एकजना दैलेख र बाजुराका छन् ।

कालिकोटको शुभकालिका गाउँपालिका वडा नं. ५ का वर्ष १९, ५०, २६, २१, ४०, २२, २४, ३५, २२, तथा वडा नं. ४ का वर्ष २०, २२, २० का पुरुषमा संक्रमण देखिएको छ । यस्तै, कालिकोट महावै–२ का वर्ष ४२, २१ का पुरुष, वडा नं. ७ का वर्ष ५२, ३३ का पुरुष, वडा नं. ५ का वर्ष २० का पुरुषमा संक्रमण देखिएको छ ।

शनिबारसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३ हजार ३ सय ७५ वटा नमुना पीसी परिक्षण गरिएको छ । दैलेखमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि प्रतिष्ठानबाट विशेषज्ञ चिकित्सकसहित ५ स्वास्थ्यकर्मीको टोली आइतबार बिहान जाने तयारी भइरकेको पनि काफ्लेले बताए ।

शनिबार संक्रमण देखिएका दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षिय पुरुषको मृत्यु भइसकेको छ । भारतबाट उनको मृत्युपछि नै स्वाब परीक्षणका लागि ल्याइएको थियो । त्यस्तै बाजुरा जिल्लाका एक जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । उनी जगन्नाथ–५ का ४० वर्षिय पुरुष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित