जनताका गुनासो सुन्दै पचालझरना गाउँ पालिका अध्यक्ष सेजुवाल(तस्विर सहित)

7
SHARES
15
VIEWS

(पणेक्षा)कालीकोट । पचालझरना गाउँ पालिकाका अध्यक्ष खडगराज सेजुवाललाई यति वेला समुदायका गुनासा सुन्दै समाधान गर्न समय भ्याइ नभ्याइ छ । गाउँमा आएको सिंहदरवारको महसुस हुने गरी विकास निर्माणका काम देखि राहतको अपेक्षा गरको समुदायले जनप्रतिनिधिलाई भेट्नु र आफ्ना कुरा राख्नु स्वभाविक नै हो ।

एक सातामा १३ भन्दा बढि योजनाका काम देखि अन्य स साना समस्या समाधानका लागि आफै अग्रसर हुने गरेका पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालको जनताका समस्या समाधान गर्न के कसरी हुन्छ आफै जुटेर हल गर्नु पहिलो प्राथमिकतामा राख्ने गरेका छन ।

विना दलबल सहित आफै अग्रसर हुने गाउँ पालिका अध्यक्ष सेजुवालले पचालझरना गाउँ पालिका १ सिकुका सामान्य घरको छाना भएका मान लुवारलाई विच बाटोमा भेटेर छिट्टै छानाका लागि जस्ता पाताको व्यवस्था गर्ने बताएका छन । उनलाई गुनासो पोख्दै मान लुवारले कसैले आफुलाई हेर्न नसकेको बताए । आफु ८ वर्षको समयमा बुवा वितेको र त्यसको केही समय पछि आमाले अर्काे विवाह गरेपछि टुहुरा भएर अर्कैको घरमा बस्दै आएको भएपनि अहिले सम्म छिमेकीको साहारामा बस्दै आएको र सानो कटेरो पनि वर्षामा पानि चुहिने भएकाले सरकारले कर्कटपाता मिलाइदिन आग्रह गरेका छन ।

त्यसै गरी पचालझरना गाउँ पालिका सोही वडाकी पानकला तिरुवाले आफैलाई खानका लागि जमिन नभएको अवस्थामा सडकका लागि जग्गा दिएको तर आफुले मात्र दिदा अन्य समुदायले नदिएको भन्दै जमिनको उचित रकम मिलाइदिन आग्रह गरेकी छन । उनको पचालझररना गाउँ पालिकाको वडा न. १मा पर्ने स्वस्थ्य चौकी देखि राम्रागाउँ सम्मको सडकका लागि डोजरले काम गर्दा जमिनमा क्षेति पुगाएको हो ।
पछिल्लो समयमा गाउँ पालिकाका विभिन्न वडाहरुमा विकास निर्माणका कामहरुको अनुगमन गर्दै विग्रेको स्थानमा थप सल्लाह दिने काममा व्यस्त रहेको पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल र उपाध्यक्ष तारा न्यौपानेले तिव्रता दिएका छन । वडा स्तरका योजनाहरुमा के कति काम भएको छ र के गर्दा गुणात्मक बनाउन सकिन्छ भन्ने विषयमा व्यापकता दिइएको बताइएको छ ।
पचालझरना गाउँ पालिकाको वडा न. ९ मा पर्ने भुराबगर कोटिला सडकको अनुगमनका क्रममा बाटोमा काम गर्दै गरेका कामदारलाई सडकको स्तरन्नोतिका विषयमा सुझाव दिदै आफैले बनाएको आफे हिड्ने बाटो राम्रो बनाउन अनुरोध गरेका छन । स्थानिय केशव शाहीले काम गर्ने क्रममा पालिका अध्यक्ष तथा उपाध्यक्ष आएर अनुगमन गर्दा काममा राम्रो हुने बताए ।

पचालझरना गाउँ पालिकामा विभिन्न योजनाहरुको अनुगमनका क्रममा तिखात्ति देखि फुकोटको सडक,चोक्टेखोला सिचाई आयोजना,कालिका देवि पर्खाल निर्माण आयोजना,भुराबगर सिचाई आयोजना,तल्लो कोटिला देखि विस्खेत सिचाई आयोजना,पणेक्षा अल्के सडक खण्ड,घट्टेखोला झोलुंङ्गे पुल,खयरकोट सिक सडक खण्ड,राम्नाकोट एक घर एक धारा,लाफा खार्दु मुख्यमन्त्रि रोजगार कार्यक्रमको सडक स्तरउन्नति, कैफु अस्थायि कोभिड अस्पताल तथा आइसोलेसन लगाएतका ठाउँमा अनुगमन गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित