सिंहदरबारमा सांसदहरूको हस्ताक्षर

7
SHARES
15
VIEWS

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध नेपाली कांग्रेसलगायत ५ दलका सांसद सर्वोच्च अदालत जाने भएका छन्।  आजै सर्वोच्चमा रिट लिएर जाने तयारी भइरहेको कांग्रेस महामन्त्री शशांक कोइरालाले जानकारी दिए।  अहिले कांग्रेस र नेकपा माओवादी केन्द्रको सिंहदरबारस्थित कार्यालयमा सांसदहरूको हस्ताक्षर लिने काम भइरहेको छ।  यस्तै नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले पनि आज बानेश्वरमा भेला राखेका छन्।

जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष पनि सिंहदरबारमै छ। उनीहरूले पनि हस्ताक्षर संकलन गरिरहेका छन्।

राष्ट्रिय जनमोर्चा पनि विपक्षी गठनबन्धमा छ।  अहिले कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस नेता रमेश लेखक, पुष्पा भुसाल, माओवादीका नेता देव गुरूङ, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतले रिटको ड्राफ्ट तयार गर्दैछन्।

गत शुक्रबार यी दलका १४९ सांसद कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तयार भएका थिए। तर राष्ट्रपतिले दाबी नपुगेको भन्दै सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

‘१३६ जना भए बहुमत पुग्छ। हामी बहुमत सांसदको हस्ताक्षर लिएर अदालत जान्छौं,’ महामन्त्री कोइरालाले भने, ‘एमालेले केही सांसदलाई स्पष्टीकरण सोधेको भन्ने सुनियो। केही सांसद कम भए पनि १३६ जना बहुमत पुग्छ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा चुनाव भए दुर्भाग्य हुने पनि बताए। देउवा नै प्रधानमन्त्री भएर चुनाव हुने महामन्त्री कोइरालाको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित