रुप्साकी धनालाइ हिमचुली सहकारीको बिमा राहत प्रदान

7
SHARES
15
VIEWS

कालीकोट । हिमचुली कृषि सहकारी सस्था लि कि सदस्य धना कुमारी बुढालाइ राहत स्वरुप २० हजार नगद प्रदान गरिएको छ ।

सस्थाको सेवा कार्यालय कुमालगाउका ब्यबस्थापक कृष्ण प्रसाद बरालको उपस्थितिमा नरहरिनाथ गाउँ पालिका वडा नम्बर ४ का अध्यक्ष नर बहादुर बोगटीले हस्तान्तरण गर्नु भएको बताइएको छ । शिबमन्दिर हिमचुली महिला केन्द्र नम्बर २० को केन्द्र प्रमुख समेत रहेकी धना बुढालाई राहत स्वरुप प्रदान गरिएको बताइएको छ ।

सेवा कार्यालय फिल्ड सहायक दुर्गा निर्मला पाण्डेले दिएको जानकारी अनुसार गएको वर्ष भिर बाट लडेर घाइते भएकी धना कुमारी बुढालाइ सस्थाको तर्फबाट २० हजार राहत प्रदान गरिएको बताइन ।
हिमचुली कृषि सहकारी सस्था लि ले जिल्ला भरका १० हजार भन्दा बढी सदस्यहरुको दुर्घटना बिमा गर्दै आएको छ ।

यस अघि दुर्घटनामा ज्यान गुमाएका सदस्यलाई एक लाखका दरले राहत दिएको बताइएको छ ।

कालीकोट जिल्ला भर ९ वटा सेवा कार्यालय रहेको सस्थाले १३ हजार बढि सदस्यहरुमा कृषि, व्यावसायिक तथा अन्य कारोबार गर्दै आएको सस्थाका मुख्य ब्यबस्थापक जगेन्द्र प्रसाद आचार्यले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित