प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा २५ रिट पेश

7
SHARES
15
VIEWS

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा २५ थान रिट पेश भएको छ ।

सर्वोच्च अदालतका सहरजिष्टार बाबुराम दाहालले आइतबार साढें तीन बजेसम्म प्रतिनिधि सभा विघटनका बिरुद्धमा २५ थान रिट आएको तर दर्ता प्रक्रिया भने बाँकी रहेको जानकारी दिए ।

साढें तीन बजेसम्म प्रतिनिधि सभा विघटनका बिरुद्धमा २५ थान रिट आएको छ, प्रक्रिया पुगे नपुगेको हेरेर दर्ता गर्ने अवस्थामा अघि बढ्छौंं,’ सर्वोच्च अदालतका सहरजिष्टार दाहालले  भने ।

कानुन व्यवसायीहरुले सार्वजनिक सरोकारको विषय (पिआइएल)को अधिकार प्रयोग गरेर सर्वोच्चमा रिट निवेदन पेश गरेका छन् ।

यो अधिकार कुनै पनि नागरिकलाई छ । कुनै पनि नागरिकले सार्वजनिक सरोकारको विषयमा अदालतमा रिट दायर गर्न सक्छ ।

रिट दायर गर्नेहरुमा अधिवक्ता सन्तोष भण्डारी, किर्तिनाथ शर्मा पौडेलवीर, भद्र जोशीसहितका कानुन व्यवसायी छन् । उनीहरुले संयुक्त रुपमा रिट दायर गरेका हुन् । यस्तै अन्य कानुन व्यवसायीहरुले पनि संयुक्त तथा अलग अलग रिट दायर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित