अगैयामा दुर्घटना :१२ को मृत्यु, २0 घाइते

7
SHARES
15
VIEWS

नेपालगंज,जेष्ठ । बाँकेको अगैया नजिकैको जंगलमा भएको सवारी दुर्घटनामा १२ जनाएको मृत्यु भएको छ । आइतबार राती नेपालगञ्जबाट छिमेकी जिल्ला दांग जादै गरेको यात्रु बाहक फोर्स गाडी दुर्घटना हुँदा १२ जनाको घटनास्थल मै मृत्यु भएको हो भने थप २0 जना यात्रु घाइते भएका हुन् ।

उक्त मिनी बस जंगलमा ट्रक सँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । मिनी बसमा भारतबाट आएका मानिसहरु सवार थिए । फोर्स गाडीमा चालक समेत गरि सवार ३३ जना सवार रहेका बताइएको छ ।

आइतबार राती करीब ११ बजे बाँकेको शमशेरगंज र अगैयाको बीच जंगलमा सडक किनारामा रोकी राखेको ट्रकमा ठक्कर दिएको हो ।

बाँकीसबै घाइते हरूलाई उक्त दुर्घटना पछि नेपालगञ्जबाट गएका सत्यानी सेवा समाजका अध्यक्ष दशरथ चन्द लगायतको टिम,जनपद तथा शसस्त्र, ट्राफिक प्रहरीले राती  घटनामा परेका घाइते तथा मृर्तक हरुलाई राती अबेर करिब २ बजे नेपालञ्ज भेरी अस्पतालमा ल्याई पुर्‍याइएको घटना स्थल पुगेको प्रहरीलाई उदृत गर्दै सल्यानी सेवा समाज बाँकेले जानकारी दिएको छ।

मृत्यु भएका १२ जना चार वटा जिल्लाका नागरिक रहेको खुलेको छ । उनीहरु दाङ, सुर्खेत, सल्यान र रोल्पाका रहेको खुलेको हो । दुर्घटनामा ज्यान गुमाउनेमा दाङका दुई, सुर्खेतका तीन, रोल्पाका एक र सल्यानका ६ जना छन् । मृतकमध्ये चालक सुर्खेतका रहेको जानकारी प्रहरीले जनाएको छ । उनीहरुको सबैको परिचय खुल्न भने बाँकी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित