पचालझरनामा अक्सिजन सिलिण्डर सहितको आइसोलेसन व्यवस्थापन

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकामा अक्सिजन सिलिण्डर सहितको व्यवस्थापन गरिएको छ ।

कोरोनाका कारण विरामीहरुलाई अक्सिजनको कमि भएमा सदरमुकाम लगाएतका ठाउँमा पठाउनु पर्ने बाध्यता हटेको छ । पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले तत्कालका लागि १० वटा अक्सिजन सिलिण्डरको व्यवस्थापन गरिएको र अन्य थप सिलिण्डरका लागि व्यवस्थापन गरिने बताउनु भएको छ ।

यस अघि घोषणा गरे अनुसार पचालझरना गाउँ पालिकाले अक्सिजन सहित गाउँ पालिकाका कैफु,जारकोट र सिकुको रुच्कामा रहेको स्वस्थ्य चौकी भवनमा आइसोलेसनको व्यवस्थापन गर्ने र सोका लागि आवश्यक पर्ने अक्सिजन सिलिण्डर र अन्य सामाग्रिको व्यवस्थापन गर्ने बताइएको थियो ।

पचालझरना गाउँ पालिकाका स्वस्थ्य शाखा प्रमुख विरेन्द्र संज्यालले विपद व्यवस्थापनमा गरेको निर्णय अनुसार वडामा विपद व्यवस्थापन समितिले सर्तकता सम्बन्धिका काम गर्ने र विरामी परेका ठाउँमा पिसिआर परिक्षणका लागि जोड दिने निणर्य समेत गरेको थियो ।

पचालझरना गाउँ पािलकामा २ पटक पिसिआर र दुई पटक एन्टिजेन परिक्षण गरिएको स्वस्थ्य शाखा प्रमुख संज्यालले बताउनु भएको छ । अहिले पचालझरना गाउँ पालिकामा १२ जना कोरोना पोजिटिभ रहेको स्वस्थ्य शाखाले जनाएको छ । त्यसै गरी स्वस्थ्य र सुरक्षाकर्मिहरुलाई वर्गिकरण गरेर ५० प्रतिशत देखि १०० प्रतिशत दिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित