काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्ध दायर भएका १९ थान मुद्दाको पेशी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नै इजलासमा तोकेका छन् ।
राणाले आफ्नो एकल इजलासमा पेसी तोकेका हुन् । सर्वोच्चमा प्रतिनिधि सभा विघटनसम्वन्धी ३० थान निवेदन दर्ता भएका छन् ।
नियमित इजलासमा दर्ता भएका बाहेक अरु निवेदन संवैधानिक इजलासमा शुक्रवार पेसी तोकिएका थिए ।
न्यायाधीशको एकल इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने र लिखित जवाफ माग्ने बारेमा बहस हुनेछ । एकल इजलासले सिधै शुक्रबारको संवैधानिक इजलासमा पठाउन पनि सक्नेछ ।
Discussion about this post