महिनावारी,छुइछाइ र गाउँघरको चेतना : – त्रिसना हमाल

7
SHARES
15
VIEWS

म ११ वर्षको बालिका नै थिए एकदिन को कुरा जब म स्कुल बाट घर फर्किए म महिनावारी ( छुइ)भएको थाहा पाए मलाई प्राकृतिक उपहार प्राप्त गरेको र एउटा् आमा परिपक्वताको सिडिमा उकालो लागेको अनुभुती भयो म हर्सित थिए भने मेरो परिवारमा यो खुसिको खबर सुनाउन नपाउदै मनमा चिन्ता पैदा भएको महसुस गरे ।

छोरी जब पहिलोपटक महिनावारि हुन्छे हाम्रो नेपाली समाजमा आमा बाबा लाई चिन्ता डर हुन्छ पहिलो कुरो बलात्कार को सिकार हुन्छे र इज्जत सखाप हुन्छ कि छोरी को विहे गर्ने उम्मेर शुरु भयो घर छोडेर छिटो जान्छे भन्ने चिन्ता ।

यति चिन्ता मान्ने मेरो परिवारले सोचेन कि मेरो छोरीलाई आफ्नै घरबाट बलात्कृत बनाउदै छौ यस्ता धेरै चिन्ताले चोरिको सानै उम्मेर मा बिहे गरे ढुक्कसँग जिम्मेवारी बाट पन्छिन सकिन्छ।

तर विडम्बना के सोचेन कि गोठबाट छोरी लाई घरसम्म ल्याउदा छोरी सुरक्षित हुन्छे आफ्नो भविस्य बनाउछे आत्मनिर्भर हुन्छे र समाज परिवर्तनको एक हिस्सेदार बन्न सक्छे अनि हाम्रो बुढेसकालको साहारा छोरी पन्नी बन्न सक्छ त्यतिखेर मेरो मनमा यस्ता अनेकन कुराहरु मेरो मानसपटलमा खेले जो अहिलेसम्म भुल्न सकेकी छैन त्यो गाई भैंसी को गोठमा अतिसय पट्यार लाग्दो सात दिनको समय गोठमा बिताए ।

भाइ बहिनिहरु संग खेलेर शारीरिक पिडा कम गर्नुको साटो गाई भैंसी मेरा साथीहरू भए , दुध दही खाएर स्वास्थ तन्दुरुस्त बनाउनु साटो गोबर को दुर्गन्ध लाई परिकार सम्झिन बाध्य भए किनकि छुइ ले दुध खाए पाप लाग्छ पछि छोराछोरी हुन्नन भन्ने सोच , न्यान्यो ओछ्यान मा आराम गर्नु को साटो पराल र जौ को चिलो ओछ्यान भयो , परिवारको सुरक्षा को महसुस गर्नुको साटो एक्लोपन र असुरक्षित महसुस भयो ( हाम्रो गाउँ को गोठको गाई भैंसी थुन्ने ढोका कत्ती बलियो हुन्छ थाहै होला ?   सानो काठको कुडमिलो ले अड्काइन्छ) भैंसी ले खासखुस गर्यो भने बाहिर कोहि दानम ( मान्छे )आएको महसुस हुन्थ्यो प्रत्येक पल पल मेरो चिन्ताले बित्यो त्यो सात दिन सात बर्ष भन्दा लामो लाग्यो हिमाली ठाउँमा तातोपानी ले नुहाउनु त कहाँ को कहाँ धारा सम्मेत छुन पाइन हिउँद को जाडो नदिमा लगेर नुहाउन लगाइयो ।

त्यो पानी छुदा मेरो हातका नसाले काम गर्न सकेन त्यति जाडो थियो कि कल्पना गर्न नसकिनी मुटु कपाउने जाडो लगातार सात दिनसम्म नुहाउनु पर्ने त्यसको असर ले मलाई छातीमा निमोनिया भयो चिसोले गर्दा निमोनिया भएको मलाई थाहा थियो तर समाज ले फेरि मलाई दोस लगायो कि छुइ छाइ गरि र बिरामी भै हामी सचेत नागरिक हौ।

बुझौ अझै हाम्रो गाउँमा यहि अन्धविश्वास छ जोकि दिनहुँ महिला मरिरहेका छ्न यसको हत्यारा हाम्रो चेतना हो यस्तो सोचाइ को अन्त्य गरौ आउनुस जुटौ “विश्व महिला स्वास्थ्य/महिनावारी स्वच्छता दिवसको हार्दिक शुभकामना ।

लेखक : नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रिय सदस्य हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित