काठमाडौं ।लामो समय देखि न्युन पारिश्रमिकमा काम गर्दै आएका वालविकास केन्द्रका सहजकर्ताहरुको तलव १५ हजार तोकेको छ ।
विगतको तुलनामा बालविकास शिक्षकको तलव २ सय ५० प्रतिशतले बृद्धि भएको हो । विगत लामो समय देखि पारिश्रमिक बृद्धिका लागि आवाज मात्र नभई आन्दोलन समेत हुंदै आएको थियो ।
आर्थिक वर्ष २०७८।०७९को वजेट भाषणमा अर्थमन्त्रि विष्णु पौडेले विद्यालय कर्मचारी र वालविकासकेन्द्रका सहजकर्ताहरुको तलव ६ हजार बाट १५ हजार पुगाउने घोषणा गरिएको छ । देशभर ३० हजार बढि वालविकास शिक्षकहरुले मासिक ६ हजारमा काम गर्दै आएका छन ।
सरकारले तोकेको न्युनतम पारिश्रमिक १५ हजार तोके संगै आगामि वर्षबाट वालविकास शिक्षकहरुले उक्त पारिश्रमिक पाउने भएका हुन ।
Discussion about this post