पर्यटन प्रवद्धन गर्न पचालझरना अग्रसर

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । देख्दा ढंगा जस्तो भएपनि यसका निकै महत्व रहेको छ ढुंगे युगमा परापूर्व कालमा पचालो देवता आफुले यात्रा गर्ने क्रममा घोडामा चढेर जादै गर्दा लक्षित ठाउँमा नपुग्दै उज्यालो भएपछि घोडा छोडेर गए पछि ढंगामा परिणत भएको घोडा हो ।

तत्कालिन समयमा पचालो देवताको मुल थान पेटारे ढुंगाबाट बांदरले मन्दिर (थान) छाउने फलेकहरु लिएर खार्दुको पचालझरनाको नजिक रहेको खिव्लामा जाने क्रममा सो सो घोडा पनि ढुंगामा परिणत भएको पचालो देवताका मुल झाक्रि देउराम ऐडीले बताउनु भयो । वहां भन्नु हुन्छ आफुलाई सम्झना नभएको उहिले बाजेका कार्यकालमा त्यसो भएको किवदन्ति रहेको अहिले पचालोको निशानिका रुपमा पचालझरना गाउँ पालिकाको वडा न. १ सिकु स्थित घाट ज्युलाको विचमा रहेको बडढुंगा भनेर चिनिएको छ । संरक्षण तथा प्रवद्धनमा कमि रहेका यि पर्यटकिय क्षेत्रहरु पचालझरनामा तमाम रहेका छन ।

अहिले प्राकृतिक संरचना तथा धार्मिक क्षेत्रहरुको प्रवद्धनमा लागि परेको देखिन्छ ।

घट्टे गुफा

नेपालको अग्लो भएको पचालझरना गाउँ पालिकाका स साना पर्यटकिय क्षेत्रको संरक्षण गर्नु पर्ने सरोकारवालाले जोड दिएका छन ।

पचालझरना ३मा रहेको पचालझरना,धुलछहरी र छिडी गाड संगै ७ मा रहेको पिंगेलि दह,अत्याधिक मात्रामा उप्तादन हुने लाफार विश्खेतको केरा र वडा न. १ र २ मा रहेको महत्वपूर्ण सम्पदाको संरक्षणका लागि स्थानिय जनप्रतिनिधिले चासो दिएका छन ।

वडा न. १ मा रहेको घट्टे गुफा, पचालोको घोडा, छांटाको छहरो, बेडुलि छहरा,बाघदुला (गुफा),त्यसै गरी धार्मिक क्षेत्रहरु मष्टाधलपुरोको च्युटागडा कालापातल, बड्डाकोट, पचालो देवताको खडिकेडाला र वडा न. २ को कन्चुलिको फेदीमा रहेको नौमुलाको मुहान,दैत्यको तडो काट्या, धनुषबाण ढुंगा लगाएतका पर्यटकिय क्षेत्रहरुका लागि संरक्षण र प्रवद्धनमा लागि परेको बताएका छन ।

वडा न. २का वडा अध्यक्ष करविर विकले वडाको पहिचानका लागि भौतिक पूर्वाधार तर्फका कामहरु संगै धामिर्क तथा पर्यटकिय क्षेत्रको पहिचानलाई कायम राख्ने गरी डकुमेन्टि गरिने बताउनु भएको छ । पचालझरना गाउँ पालिकामा नेपालको अग्लो झरनाले परिचित रहेको भएपनि त्यसका सहयाक तथा स साना पर्यटकिय क्षेत्रहरुलाई संग संगै लैजानका लागि आफुहरुको ध्यान गएको बताउनु भएको छ ।

वडा न. ३ का वडा अध्यक्ष लोकजंग कठायतले आफुले पर्यटन प्रवद्धनका लागि पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ । वहांले भन्नु भयो यहां थुप्रै पर्यटकिय तथा धार्मिक क्षेत्रहरु छन प्रवद्धनका लागि सबै लाग्नु पर्ने हुन्छ । गाउँ पालिका निरन्तर त्यसको लागि अगाडी बढेको वहांको भनाइ रहेको छ ।

गाउँ पालिकाले पनि पर्यटकिय क्षेत्रको पहिचानका लागि विभिन्न कार्यक्रम अगाडी सारेको बताउदै वडा स्तरिय धार्मिक क्षेत्रहरु पचालोको मन्दिर,मष्टाधलपुरा लगाएतका मन्दिरहरुका साथै पर्यटकिय सम्पदाहरुको संरक्षण गर्नु आफुहरुको दायित्व भएको वडा अध्यक्ष विकको भनाइ रहेको छ ।

वडा न. २का वडा अध्यक्ष रत्नालाल न्यौपानेले वडामा विद्युत,सडक,सिचाइ र स्वच्छ खानेपानिका लागि पहिलो प्राथमिकता दिएको र आगामी वर्ष यहाँका समुदायहरुलाइ व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । आफुले धार्मिक क्षेत्रलाइ व्यवस्थापन गर्दै आएको र पर्यटकिय क्षेत्रको विवरण तयार गरेका छौं । त्यसको लागि गुरुयोजना नै बनाएर प्रवद्धन गर्ने तयारीमा रहेको बताउनु भएको छ ।

पहिचान भनेको पर्यटकिय क्षेत्रले दिने हो त्यसको लागि एक ठांउमा रहेका नौ वटा मुलाको प्रचार प्रसार गरेर व्यापक बनाउनु सबैको दायित्व भएको वहाँको तर्क रहेको छ ।

पर्यटन क्षेत्रको पहिचान,संरक्षण र प्रवद्धनका लागि गाउँ पालिकाले विशेष गाउँ सभा गरेर पचालझरना लगाएतका क्षेत्रको प्रचार प्रसार तथा विकासका लागि गाउँ पालिका सदा लागि पर्ने गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित