काठमाडौँ। सरकारले युवा तथा खेलकुदको लागि २ अर्ब ७४ करोड विनियोजन गरेको छ ।
शनिबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै २ अर्ब ७४ करोड विनियोजन गरेका हुन् ।
आगामी आर्थिक वर्षमा खेलकुदमा बजेट बढेको हो । चालू आर्थिक वर्ष २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
Discussion about this post