मुख्यमन्त्री रोजगार कार्यक्रमको १ करोड १० लाखमा राष्ट्रिय स्तरको रंगशाला बन्दै,अध्यक्ष सेजुवाल द्वारा सिलान्यास

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनाको पणेक्षामा बन्ने राष्ट्रिय स्तरको रंगशालामा मुख्यमन्त्री रोजगार मार्फत काम अघि बढेको छ।

आज एक कार्यक्रमका बिच गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल र प्रमुख कार्यकारी अधिकृत शिव कुमार पौडेल द्वारा सिलान्यास गरिएको छ ।
सिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष सेजुवालले कोभिड १९ को महामारीका समयमा उच्च सतर्कता अपनाउदै दुर्तगतिमा काम गर्न अनुरोध गर्नु भएको छ ।उहाँले नमुना रंगशाला बनाउन सबैको दायित्व भएको बताउनु भएको छ ।
मुख्यमन्त्री रोजगार कार्यक्रमको ७० लाख,संघीय सरकारको ३० लाख र पचालझरना गाउँ पालिकाको १० लाख गरी कुल एक करोड १० लाखमा रंगशालाको काम शुरु गरिएको रोजगार संयोजक तिलक थापाले बताए । उनले भने पचालझरनाको पणेक्षामा राष्ट्रिय गौरबको आयोजना भएकाले सबैले नमुना बनाउने गरी काम गर्न अनुरोध गरेका छ्न ।
यस आयोजनाम १८ देखि ५९ वर्ष उमेर समुहका स सय ३२ जना घरधुरीका समुदायले  काम गर्ने बताइएको छ ।
राष्ट्रिय स्तरको रंगशालाको लम्बाइ १ सय ५ मिटर र चौडाइ ८० मिटर रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित