कालीकोटमा जनताको सारथि बन्दै हिमचुलि कृषि सहकारी संस्था

7
SHARES
15
VIEWS

कालीकोट । कालीकोट जिल्लाको सबै भन्दा ठुलो व्यवसायि सहकारीले जनताको सारथि बनेको छ । रास्कोटमा संचालन गरेको सहकारी सुपथ मुल्य पसलबाट दिनहुं जसो सहुलियतमा दैनिक उपभोग्य सामानहरुका उपलब्ध गराउनुका साथै जिल्लाका सबै स्थानिय तहमा घरदैलोमा गएर दैनिक कारोबार लगाएतका काम गर्न थालेपछि बैंकको भन्दा ठुलो भुमिका निर्वाह गरेकोमा स्थानियले राहतको महसुस गर्न थालेका छन ।

रास्कोट नगरपालिकाको सहयोगमा शुरु गरिएको रास्कोट सहकारी सुपथ मुल्य पसलबाट दिनहुं २० देखि ५० जनाले दैनिक उपभोग्य सामान लिने गरेको पसल संचालक नविता रोकायाले बताइन । उनले भनिन् बजारमा पाउने सामानहरु भन्दा सहकारी सुपथ मुल्य पसलमा १० देखि ३० प्रतिशत छुट पाउने भएकाले दैनिक उपभोग्य सामानहरु लिने गरेको बताइन ।
रास्कोटमा गएको वर्ष कोरोना महामारीका समयमा स्थापना गरिएको सुपथ मुल्य पसल संचालन गर्दा स्थानिय व्यवसायिहरुले चर्काे विरोध गरेका थिए । स्थानिय व्यवसायिहरुले आफुहरुको व्यवसायका विरुद्ध सुपथ मुल्य पसल संचालन गरेको भन्दै पसलमा तालाबन्दि समेत गरेका थिए ।

रास्कोटमा सुपथ मुल्य पसल संचालन भएपछि गरिएको विरोधलाई नगरपालिका उपप्रमुख मिमसरा शाही(बम)ले सर्वसाधारणले कोरोना महामारीका विचमा सहुलिएत दिएकोमा स्थानिय सरकार संग समन्वय नगरी ताला लगाएकोमा सुपथ मुल्य पसल प्रति पूर्वाग्राही नगर्न अनुरोध गर्नु भएको थियो ।

अहिले सुपथ मुल्य पसल संचालन भएपछि बजारमा समेत सस्ता पाउने थालेको स्थानिय तुला कामीले बताइन । आफुले पहिले उधारोमा सामान लिने तर निकै महंगो हुने गरेको बताइन ।सुपथ मुल्य पसलका बारेमा संस्थाको रास्कोट सेवा कार्यालय व्यवस्थापक मनिका बोहराले पछिल्लो समय कोभिडका कारण सुपथ मुल्य पसलबाट समुदायले सहलिएत दरमा खाद्यन्न प्राप्त गरेको र महामारीका समयमा दैनिक उपभोग्य सामानहरुको कमि हुन नदिने बताइन ।रास्कोटमा आफुहरु बजारको भन्दा छुट दिने गरेकाले सुपथ मुल्य पसल लोकप्रिय हुंदै आएको उनको दावि छ ।
सहकारी संस्थाले जिल्ला भर ९ वटा सेवा कार्यालय स्थापना गरेर वित्तिय तथा अन्य कारोवार गर्दै आएको सहकारीले घर घरमा गए २०६७ साल देखि बचत गर्ने,कृषक समुह गठन गरी लघु कर्जाको व्यवस्थापन गर्ने, लघुविमा तथा सदस्यहरुको निर्जिवन विमा समेत गरेको संस्थाका अध्यक्ष काली बहादुर महताराले बताउनु भयो ।

संस्था स्थापना भएको छोटो समयमा जिल्ला भरका १३ हजार ५ सय बढि सदस्यहरुमा विभिन्न कारोवार गर्दै ३२ करोड बराबरको कर्जा प्रवाह समेत गरेको बताउदै अध्यक्ष महताराले आगामी वर्ष कर्णालि प्रदेशका अन्य जिल्लामा कारोबार अघि बढाउने योजना रहेको बताउनु भयो ।
संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यका अनुसार संस्थाले जिल्लामा एग्रोभेट,सुपथ मुल्य पसल,सदस्य निर्जिवन विमा, कृषि व्यवसाय प्रवद्धन,सौर्य उर्जा कार्यक्रम, रेमिटान्स लगाएतका सेवा संचालन गर्दै आएको र जिल्लाका अन्य स्थानिय तहमा सुपथ मुल्य पसल संचालनको तयारी गरिएको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित