कर्णालीमा संक्रमित संख्या १९८ पुग्यो

7
SHARES
15
VIEWS

सुर्खेत,जेठ ।कर्णाली प्रदेशमा सोमबार फेरि नयाँ संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका ३२ जनामध्ये सल्यानका १० जना, दैलेखका १७ जना र सुर्खेतका पाँच जनामा रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य शाखा प्रमुख नवराज कंडेलले जानकारी दिए ।

दैलेख नारायण नगरपालिका वडा नं. १, ३, ४, ५, ८ र १० का १६ जना, महावु गाउँपालिका-३ का एकजना, सल्यान बनगाड कुपिण्डे नजरपालिकाका वडा नं. १, ३, ५, ६, र ७ का १० जना र सुर्खेतको बराहाताल गाउँपालिका वडा नं. १ र १० का पाँचजना पुरुष रहेका छन् ।

नयाँ पुष्टि भएकाहरूसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक सय ९८ पुगेको छ । यसअघि आइतबार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट दुई प्रहरी जवानसहित ४३ जनामा कोरोना पुष्टि भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित