पचालझरनाको सिकुमा आंगनमा सडक पुगे पछि सिंगो दलित वस्ति खुशि(फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको वडा न. १ सिकुमा गएको वर्ष वडा स्तरमा योजना छनोट गरियो ।ठिक त्यसको एक वर्ष पछि सडक निर्माण गर्न शुरु गर्दा दुई महिना सम्म जग्गावालाले जग्गा दिन नमान्दा पटक पटक विभिन्न चरणमा छलफल गरियो ।

उक्त सडक निर्माणका लागि १० देखि १५ पटक वडा अध्यक्ष रत्नलाल न्यौपानेको प्रयास,६ पटक गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेको प्रयास र दुई पटक गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालको उपस्थितिमा छलफल गरियो तर कुनै पनि सुनुवाई भएन । सर्वसाधारणहरु जग्गा दिन तयार भए । उपभोक्ता समिति गठन गरियो । उल्टै उपभोक्ता समितिलाई चेतावनि आयो ।

अन्तिम समयमा सबै जग्गाधनिले जग्गा दिए काम शुरु गर्न डोजर चलाउदा ढंगामुडा प्रहार भयो । विकास विरोधिले अभियान नै चलाए पहिलो चरणमा उक्त बाटोको उपाध्यक्ष तारा न्यौपानेलाई विरोधि बनाइयो । उपाध्यक्ष तारा न्यौपानेले आफ्नो घर भत्काउन भने पछि नाजवाफ भएका विरोधिहरुलेजग्गाधनिको घर घरमा गएर आंगनमा नल्याएर रकम खाएका छन आफुहरुले नपाएको जस्ता नभएका आरोप लगाउदै उच्केउने काम गरे ।

सबैको सामु त्यो बाटोमा सडक नआउने भएपछि अन्तिममा सिंगो दलित वस्तिका समुदायले आफुहरुले जग्गा दिने भएपछि साविकको सडक भन्दा तल स्वस्थ्य चौकी देखि साविकको वडा न. ६को गणतन्त्र टोल(दलित वस्ति)मा सडक शुरु गरियो । उक्त सडक निर्माणका क्रममा पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेले आफुलाई खानका लागि जग्गा समेत नराखेर सडकका लागि दिनु भएकोमा धन्यवाद दिनु भएको छ ।

कुनै पनि कमि नभएकाहरुको मन भन्दा जग्गा जमिन कम भएकाहरुको मन ठुलो भएको प्रति आभार प्रकट गर्दै विकासका लागि सधै अघि बढ्न अनुरोध गर्नु भएको छ । वहाँले भन्नु भयो आफुहरु विकासका लागि निरन्तर लागि परेको बताउदै कुनै पनि हालतमा विकास विरोधिको कल्याण नहुने बताउनु भएको छ ।
स्थानियले घर आंगनको अगाडि सडक आंउदा आफुहरु गौरवको महसुस भएको बताए ।

आंगनमा सडक बनेपछि स्थानिय दलसिंह शार्की लगाएतका समुदायले स्थानिय सरकारलाई धन्यवाद दिएका छन । पचालझरना गाउँ पालिकाको १० लाख रकमको उक्त सडक गणतन्त्र टोल हुंदै कांडागाउँ सम्म लैजाने योजना रहेको वडाअध्यक्ष रत्नलाल न्यौपानेले बताएका छन ।

सडक सर्भेको समयमा फिता समाउनेहरु नै अहिले सडक अबरोधमा लागेको प्रति सव इन्जिनिएर सुर्य खड्काले दुख व्यक्त गर्दै गाउँको विकास नचाहनेहरुले भोलि पनि तिनिहरुलाई जनताको साथ नरहने बताए ।$$$$ फोटा सुर्य खड्काको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित