नेपालमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १७९८ पुग्यो

7
SHARES
15
VIEWS

काठमाडौं,जेठ । पछिल्लो २४ घण्टामा नेपालमा थप २२६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन् ।

थपिएका संक्रमितमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् ।  योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७९८ पुगेको छ।

विराटनगरमा भएको परीक्षणमा झापाका २ जनामा पोजेटिभ देखिएको छ । यस्तै पोखरामा भएको परीक्षणमा नवलपरासीका ३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४३ जनामा पोजेटिभ देखिएको छ । जसमा दैलेखका २४ र जुम्लाका १८ जना रहेका छन् । सुर्खेतमा भएको परीक्षणमा दैलेखका १७, सल्यानका १० र सुर्खेतका ५ गरी ३२ जनामा पोजेटिभ देखिएको छ ।

यस्तै धुलिखेलमा परीक्षणमा कलिवस्तुका २, रौतहटका १८ जनामा पोजेटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ९२ जनाको पोजेटिभ देखिएको छ ।

धनुषाका ७, कपिलवस्तुका ३८, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५ र उदयपुरका १ जनामा पोजेटिभ देखिएको छ । यस्तै सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १८ जनामा पोजेटिभ देखिएको छ ।
कैलाली १४ तथा अछाम, बैतडी, डोटी र कञ्चनपपुरमा १—१ जनामा पोजेटिभ देखिएको छ । यस्तै भेरी अस्पतालमा भएको परीक्षणमा बाँकेका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङका ९ जनामा पोजेटिभ देखिएको छ । अहिले प्रदेश नम्बर १ मा १ सय ३८, प्रदेश नम्बर २ मा ५ सय ८९, बागमती प्रदेशमा १५ र गण्डकी प्रदेशमा २३ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको सख्ंया १७९८ पुगेको छ । उनीहरु मध्ये ८ जनाको मृत्यु भएको छ भने २२१ जना निको भएर घर फर्किएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित