आगामि योजनाका लागि उद्योगिसंग पचालझरना गाउँ पालिका

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाले आगामि गाउँ सभाका लागि पचालझरना गाउँ पालिकाका उद्योगि व्यवसायि संग सुझाव मागेको छ ।

आज पचालझरना गाउँ पालिकामा रहेका उदागि व्यवसायिहरु विच अन्तरक्रिया गरेर आगामि वर्ष २०७८।०७९का लागि सुझाव संकलन गरेको हो ।

पचालझरना गाउँ पालिकामा व्यवसाय प्रवद्धनका लागि के कस्ता काम गर्न सकिन्छ र त्यसका सवालमा गाउँ पालिकाको भुमिका के हुन्छ भन्ने बारेमा सुझाव संकलन गर्न लागिएको पचालझरना गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव कुमरा पौडेलले बताउनु भएको छ । वहाँले भन्नु भयो आज उद्यागिहरु संग अन्तरक्रिया छ भने केही दिन भित्र सहकारीहरु विच अन्तरक्रिया गरिने बताउनु भएको छ ।

अन्तरक्रिया कार्यक्रममा पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल, प्रवक्ता अनरुप रोकाया, सम्पूर्ण उद्यागिहरुको सहभागिता रहेको उद्यमि बर्म ऐडीले बताउनु भएको छ । वहाँका अनुसार अन्तरक्रिया कार्यक्रममा आगामी वर्षका लागि सरकारले प्राथमिकतामा उद्यागि व्यवसायिलाई राख्नु पर्ने सुझाव दिनु भएको बताइएको छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सेजुवालले आगामि वर्ष पचालझरना गाउँ पालिका व्यवसायि तथा उद्यमिहरुलाई प्रोत्साहन तथा व्यवस्थित गर्दै आत्मनिर्भर हुने गरी बजेट केन्द्रित गरेर अघि बढ्ने बताउनु भएको छ ।

पचालझरना गाउँ पालिकाले ७ औं अषाढ ७ गते गर्ने तयारीका साथ गाउँ सभाका लागि विभिन्न निकाय संग सुझाव माग्ने क्रम शुरु गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित