हुम्लामा शिक्षकद्वारा स्वास्थ्य संयोजक कुटिए

7
SHARES
15
VIEWS

हुम्ला। हुम्लाको दक्षिणी क्षेत्रमा रहेको चङ्खेली गाउँपालिकामा होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमित श्रीमतीको दैनिक उपचार गर्न नआएको भन्दै एक शिक्षकले गाउँपालिकाका स्वास्थ्य संयोजकमाथि हातपात गरेका छन् ।

सङ्क्रमित महिला होम आइसोलेशनमा बसेकी र दैनिक बिरामी भेट्न नआएको भन्दै गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढालाई शिक्षक अमृत रोकायाले हातपात गरेका हुन् ।

दिनहुँ उपचार गर्न किन नआएको भन्दै आफूमाथि शिक्षक रोकायाले हातपात गरेको संयोजक बुढाले बताए ।

सम्बन्धित घटनास्थलमा प्रहरी चौकीको टोली पुगेर छलफल गरिरहेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । घटनाबारे जानकारी आएको र प्रहरीले सत्यतथ्य बुझेर प्रक्रिया अगाडि बढाइने प्रजिअ आचार्यले जानकारी दिए । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित