पचालझरना गाउँ पालिकामा रोजगार केन्द्रित बजेट ल्याउछौं-प्रशासकिय अधिकृत पौडेल

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव कुमार पौडेलले आर्थिक वर्ष २०७८।०७९का लागि पचालझरना गाउँ पालिकामा रोजगार केन्द्रित बजेट ल्याउने बताउनु भएको छ ।

नितिगत रुपमा व्यवस्थापन गरेर रोजगारी उत्पादन मुलक कार्यक्रम सृजना गर्ने गरी योजना अघि बढाउने हो । अन्य निकायको रोजगारी भन्दा पनि आफै आफ्नो खुट्टामा उभिने गरी विभिन्न व्यवसाय संचालन गरेर स्वरोजगारी हुने कार्यक्रम तय गरिने दावि गर्नु भएको छ । वहाँले भन्नु भयो विभिन्न् वडामा के आवश्यक छ सोही अनुसारको कृषि व्यवयसाय प्रवद्धन गर्ने हो ।

त्यसका लागि वडा न.३खार्दुमा आलु उत्पादन, वडा न. ५बांझकोटमा स्याउ, वडा न. ९ तिखात्तिमा खुर्सानि लगाएतका कृषि वस्तु उत्पादन गरेर अधिकतम एक सय भन्दा बढि कृषकहरु आत्मनिर्भर भएर रोजगारी हुने गरी योजना अघि बढाउने लक्ष्य लिएका छौं ।

प्रशासकिय अधिकृत पौडेलले प्रदेशको वजेट प्रस्तुत पछि हामीलाई के कति बजेट प्राप्त हुन्छ सोही अनुसार कार्यपालिकाको बैठकबाट निणर्य गरेर अषाढ ७ गते सातौं गाउँ सभा हुने बताउदै विगतका वर्षको भन्दा चालु आर्थिक वर्षमा विकास निर्माणका योजनाको बजेट फिर्ता जाने अवस्था नआएको समेत बताउनु भएको छ ।

गएको वर्ष एक करोड ९० लाख रकम फ्रिज भएकोमा यस वर्ष ९० प्रतिशत आयोजना सम्पन्न भएको र पछिल्लो समयमा आएका योजनाहरुमा थोरै काम गर्दा गर्दै अषाढ सम्म नभएपनि अधिकांस योजना सम्पन्न गर्न विगत लामो समय देखि आफु निरन्तर रुपमा लागि परेको बताउनु भएको छ ।

गएको वर्ष कार्यकारी प्रमुख नभएपछि कठिन भएको बताउदै पौडेलले यस वर्ष जनप्रतिनिधि,कर्मचारीहरु अहोरात्र लागि परेकाले काम शन्तोषजनक हुंदै गएको दावि गर्नु भयो । वहाँले यहाँको विकास निर्माण, स्वस्थ्य र शिक्षामा पहिलेको भन्दा उल्लेखनिय परिवर्तन आएको र अझै थप व्यवस्थित बनाउन आफु गुल्मिको रुडु क्षेत्र गाउँ पालिकामा सरुवा भएपनि नगएको समेत बताउनु भएको छ ।

यस वर्ष संघिय सरकारले पचालझरना गाउँ पालिकामा २६ करोड ७ लाख बजेट प्राप्त भएको बताइएको छ ।

अधुरा योजनाहरु पर्यटन प्रवद्धन लगाएतका योजनालाई निरन्तरता दिदै अन्य योजनामा रोजगार मुलक हुने गरी कार्यक्रम ल्याउन लागि परेको बताउदै अबको दिनमा पचालझरना गाउँ पालिकामा फरक ल्याउन सबैको जोड रहने गाउँ पालिका अध्यक्ष सेजुवालको भनाई रहेको छ  । सातौं गाउँ सभाबाट कार्यक्रम कस्तो ल्याउदा हुन्छ सबै तहबाट सुझाव दिन समेत अनुरोध गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित